ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले लुम्बिनी कुनै देशको सीमाभित्र मात्र सीमित सम्पदा नभई विश्वकै साझा आध्यात्मिक तथा सांस्कृतिक धरोहर भएकाले यसको संरक्षण र विकासमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बृहत्तर लुम्बिनी क्षेत्रको समग्र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।‘धरोहर, तीर्थयात्रा र विकासः समावेशी वृद्धि तथा दिगो विकासको प्रवद्र्धन’ विषयमा आयोजित तीनदिने सम्मेलनमा मन्त्री पौडेलले विश्व बैंकसँगको साझेदारीमा बृहत्तर लुम्बिनी क्षेत्र विकास पहलमार्फत लुम्बिनीको सम्पदा संरक्षण र विकासलाई व्यावहारिक कार्यमा रूपान्तरण गर्ने महत्वपूर्ण अवसर प्राप्त भएको उल्लेख गरे।

मन्त्री पौडेलले सम्पदा संवेदनशील योजना, तीर्थयात्री तथा आगन्तुकका लागि गुणस्तरीय सुविधा, सुधारिएको कनेक्टिभिटी, वातावरणीय दिगोपना, ध्यान तथा कल्याणका अवसर र स्थानीय समुदाय तथा युवाका लागि रोजगारी एवं आर्थिक अवसर सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

“लुम्बिनीको विकास गर्दा यसको सम्पदा मूल्यलाई सम्मान गर्नुपर्छ,” उनले भने, “यसका लागि युनेस्को, विश्व सम्पदा समिति तथा सम्बन्धित प्राविधिक विज्ञहरूको सिफारिसलाई मार्गदर्शनका रूपमा लिनुपर्छ ।”

लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पौडेलले लुम्बिनीको विकास, व्यवस्थापन, संरक्षण र प्रवद्र्धनमा कोषको महत्वपूर्ण संस्थागत भूमिका रहेको बताए। कोषको लामो अनुभव, संस्थागत ज्ञान र स्थापित साझेदारीलाई बृहत्तर लुम्बिनी क्षेत्र विकासको पहलमा उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो । मन्त्री पौडेलले बौद्ध समुदाय र स्थानीय जनताको आकाङ्क्षालाई विकासको केन्द्रमा राख्नुपर्नेमा जोड दिए।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय