ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

मलेसिया । मलेसियाको रणनीतिक विकास कम्पनी वन–एमडीबी भ्रष्टाचार काण्डमा संलग्न भएका कारण जेल परेका मलेसियाका पूर्व नेता नाजिब रजाकलाई एक करोड १२ लाख डलर जरिवाना तिरी घरमा नै नजरबन्दमा बस्न अनुमति दिइएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

राजा सुल्तान इब्राहिमले नाजिबलाई ‘सशर्त माफी’ दिएका छन् । माफीको आदेशपछि उनलाई ‘सन् २०२८ अगस्ट २३ सम्मका लागि तोकिएको बाँकी सजाय घरमै नजरबन्दमा बिताउन’ अनुमति दिन्छ’ प्रधानमन्त्री अन्वर इब्राहिमको कार्यालयका वकिलहरूले भनेका छन्- ‘यो सशर्त माफी ‘पाँच करोड मलेसियाली रिङ्गित (एक करोड २० लाख ३० हजार डलर) जरिवाना भुक्तानीको शर्तमा’ दिइएको छ’ वकिलहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ।गत वर्षको अन्त्यतिर एक मलेसियाली न्यायाधीशले सार्वभौम सम्पत्ति कोषको इतिहासकै सबैभन्दा ठूलो लुटपाट काण्डमा संलग्न नाजिबलाई बाँकी समय घरमै बिताउन दिने मूल अनुरोधलाई अस्वीकार गरेका थिए ।

‘एसआरसी इन्टरनेसनल एसडीएन भिएच’ नामक पूर्व वन–मलेसिया डेभलपमेन्ट बेरहाड (वन–एमडीबी) सहायक कम्पनीबाट ठूलो रकम निकालिएको भन्दै नाजिबलाई सन् २०२० जुलाईमा पहिलो मुद्दामा १२ वर्षको जेल सजाय सुनाइएको थियो ।

वन–मलेसिया डेभलपमेन्ट बेरहाड (वन–एमडीबी)

पछि सजाय माफी गर्ने अख्तियार प्राप्त माफी समितिले सजाय आधा गरेको थियो र जरिवाना पाँच करोड रिङ्गितमा घटाएको थियो । यो मुद्दा अनुसार उनको सजाय सन् २०२८ अगस्टसम्म पूरा हुने तालिका छ ।

नाजिबको डिसेम्बरको निवेदनअनुसार घरमै नजरबन्दको अनुरोध अस्वीकार भएको केही दिनपछि उनलाई वन–एमडीबी घोटाला काण्डसँग जोडिएको अर्को मुद्दामा थप १५ वर्ष जेल सजाय सुनाइएको थियो ।

अहिले निष्क्रिय वन–एमडीबीबाट एक दशकअघि अर्बौं रकम लुटपाटमा उनको भूमिकाका लागि उनलाई ११.४ अर्ब रिङ्गित जरिवाना पनि तोकिएको थियो। उनी हाल १५ वर्षको सजायविरुद्ध अपील गरिरहेका छन् जुन ६ वर्षको सजाय पूरा भएपछि मात्र सुरु हुनेछ ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय