क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

नेपाली कांग्रेसले भोलि शनिबार र पर्सि वडा अधिवेशन गर्दैछ।सबै वडाहरूमा निर्वाचन अधिकृत पुगिसकेका छन् र अधिवेशन तयारी अन्तिम चरणमा पुगेको छ।

तर यसबीचमा ४ जिल्ला सभापतिहरूले अधिवेशन प्रक्रिया अघि बढाउन मानेका थिएनन्।ती जिल्ला सभापतिहरू निवर्तमान सभापति शेरबहादुर देउवानिकट हुन्।

सुरूमा मुगु सभापति ऐनबहादुर शाही, बागलुङ सभापति जित शेरचन, बझाङ सभापति खड्कबहादुर बोहरा, डोटी सभापति नरेन्द्रबहादुर सिंह, कञ्चनपुर सभापति पदम बोगटीले अधिवेशन प्रक्रिया सुरू गर्न मानेका थिएनन्।

‘यीमध्ये बझाङ सभापतिले अधिवेशनका काम अघि बढाउँछु भन्नुभयो र उहाँलाई काम गर्न दिइएको छ,’ कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सेतोपाटीसँग भने, ‘अरू ४ जिल्लामा कार्यसमितिका अरू साथीहरूलाई अधिवेशन प्रक्रिया अघि बढाउने गरी जिम्मेवारी तोकेका छौं।’

यी ४ जिल्ला सभापतिलाई बर्खास्त भने गरिएको होइन।‘उहाँहरूले अधिवेशन गराउन सकिँदैन भन्नुभयो त्यसैले कार्यसमितिकै अर्को साथीलाई अधिवेशन गराउने जिम्मेवारी दिइएको हो, उहाँहरूलाई सभापतिबाट हटाइएको भने छैन,’ उनले भने।

यसअघि कांग्रेसले क्रियाशील अद्यावधिक सुरू नगर्ने वडा तथा क्षेत्रीय सभापतिहरूलाई पनि जिम्मेवारीविहीन बनाएको थियो। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने असोज १५ गते वडा अधिवेशन गर्ने तयारी गरेका छन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन : कसैलाई दोष दिन आएका होइनौँ

प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष...

कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग ७ ठाउँमा अवरूद्ध

काठमाडौँ- पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत कृष्णभिरमा पहिरो खसेको छ।भोटेकोशी-त्रिशूलीको बाढीले भदौ १४ गते सडक भासिएपछि...

देशभर बाढीको जोखिम : आज र भोलि कुन-कुन जिल्लामा कस्तो खतरा?

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने र विभिन्न जिल्लाका स-साना नदीमा...

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...
लोकप्रिय