ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

धनगढी । सुदूरपश्चिम प्रदेशको कैलालीमा पहिलोपटक टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप आयोजना हुने भएको छ।

कैलाली जिल्ला क्रिकेट सङ्घको आयोजनामा असोज ४ गतेदेखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगितामा कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लाका १६ टोलीको सहभागिता रहनेछ। प्रतियोगिता असोज ४ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।तियोगिताको विजेताले ४ लाख १ हजार १११ रुपैयाँ तथा उपविजेताले १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगितामा चैतन्य पाठशाला, केडीसी ट्रेनिङ सेन्टर, धनगढी स्पोट्र्स क्लब, लम्कीचुहा नगरपालिका, धनगढी योद्धा, थन्डर्स, घोडाघोडी क्रिकेट एकेडेमी, बझाङ जिल्ला क्रिकेट एसोसिएसन, घटनाल लायन्स श्रीनगर युथ क्लब, धनगढी क्रिकेट एकेडेमी क्लब, सुप होस्टेल, एसपीए कलेज क्लब, सत्यवती एकेडेमी ‘ए’, एरोस्टो इङ्लिस हाइस्कुल, एफवाईसी डडेल्धुरा र सत्यवती एकेडेमी ‘बी’ सहभागी हुँदैछन्।

कैलाली जिल्ला क्रिकेट सङ्घले आफ्नो वार्षिक क्यालेन्डरअनुसार प्रतियोगिता आयोजना गरेको हो । सङ्घले यसअघि ग्रासरुट क्रिकेट विकासका लागि विद्यालयस्तरीय क्रिकेट च्याम्पियनसिप तथा कैलाली प्राइड लिगलगायतका प्रतियोगिता आयोजना गर्दै आएको छ।

संघका अध्यक्ष विक्रम विष्टका अनुसार यस वर्षदेखि फास्ट टी–१० क्रिकेट प्रतियोगितालाई पनि वार्षिक क्यालेन्डरमा समावेश गरिएको हो। ‘नेपाल प्रिमियर लिग ९एनपीएल० को समय नजिकिँदै गर्दा खेलाडीहरूलाई अभ्यास र प्रतिस्पर्धाको अवसर दिन पनि प्रतियोगिता उपयोगी हुन्छ,क्रिकेटको क्रेज बढाउने र खेलाडीको क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेका हौँ,’, उनले भने।

टी–१० फर्म्याट छोटो समयमै खेल सकिने भएकाले प्रतियोगिता रोमाञ्चक हुने आयोजकको अपेक्षा छ । प्रतियोगितामा राष्ट्रियस्तरमा खेलिसकेका खेलाडीदेखि उदाउँदै गरेका जुनियर खेलाडीसमेत सहभागी हुनेछन् ।

अध्यक्ष विष्टका अनुसार सिनियर र जुनियर खेलाडीले एउटै मैदानमा प्रतिस्पर्धा गर्दा नयाँ खेलाडीले अनुभवी खेलाडीबाट धेरै कुरा सिक्ने अवसर पाउनेछन् । यसले उनीहरूको क्षमता विकासमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

प्रतियोगिताका लागि फाप्ला क्रिकेट मैदानको ग्रास पिच तयारीको काम करिब दुई महिनादेखि भइरहेको सङ्घले जनाएको छ । वर्षायाममा मैदानमा पानी जम्ने तथा क्रिकेटसँगै फुटबलका गतिविधि पनि सञ्चालन हुने भएकाले मैदान व्यवस्थापन चुनौतीपूर्ण रहेको विष्टले बताए ।

‘फाप्लामा क्रिकेट र फुटबल एउटै मैदानमा हुने भएकाले मैदानको मर्मत तथा व्यवस्थापनमा केही चुनौती छन्, तर धनगढीमा क्रिकेटप्रति दर्शक र खेलाडीको आकर्षण बढ्दो छ । यही उत्साहले प्रतियोगिता आयोजना गर्न प्रेरित गरेको हो,’ विष्टले भने।

विष्टले फाप्ला मैदानको दीर्घकालीन विकास र खेलकुद संरचना निर्माणमा संघ, प्रदेश र स्थानीय तहले ध्यान दिनुपर्ने बताए । पूर्वाधार विकास भए सुदूरपश्चिममा क्रिकेट गतिविधि थप विस्तार गर्न सहज हुने उनको भनाइ छ ।

प्रतियोगितामा धनगढीका विभिन्न क्लब तथा विद्यालयका टोलीसँगै सुदूरपश्चिमका अन्य जिल्लाबाट समेत टोली सहभागी भएकाले स्थानीय तथा राष्ट्रियस्तरका खेलाडीबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय