क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

काठमाडौं — निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आगामी फागुनमा गर्नेगरी तयारी सुरु गरेको छ । वैशाख २०७९ मा भएको स्थानीय तहको कार्यकाल सकिन २ महिनाअघि नै चुनाव गर्ने तयारीमा आयोग जुटेको हो । कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले स्थानीय तहको कार्यकाल सकिन २ महिनाअघि नै निर्वाचन गराउने तयारीमा आयोग जुटेको बताए ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद २ को १ मा गाउँसभा र नगरसभा कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगाडि हुनेछ भन्ने प्रावधान रहेकाले त्यसैलाई टेकेर स्थानीय तह निर्वाचनको तयारी गरिएको आयुक्त सुब्बाको भनाइ छ ।

निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचनमा अन्तर- जिल्ला मतदानको व्यवस्था गर्ने पनि तयारी गरेको छ । आयुक्त सुब्बाले अन्तर जिल्ला मतदानका लागि अध्ययन भइरहेको भन्दै यसपटकका स्थानीय र प्रदेश निर्वाचनमा केही जिल्ला र प्रदेश सभाका निर्वाचन क्षेत्रबाट सुरु गर्ने बताए ।

अन्तर जिल्ला मतदानका लागि प्रविधि र बजेट खर्चिलो भए पनि आयोग डिजिट-लाइज निर्वाचनको पक्षमा रहेकाले अबका निर्वाचनहरू ई-भोटिङ प्रणालीबाट अघि बढ्ने तयारीमा आयोग रहेको बताए । उनले विदेशमा रहेका नेपालीका लागि पनि दूतावास वा नियोगहरूमा अनलाइन भोटिङबाट सम्भव नहुँदासम्म ई-भोटिङ प्रणालीबाट मतदान गराउने गरी आयोग तयारीमा जुटेको बताए । ३० वैशाख २०७९ मा भएको स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल सकिन ८ महिना बाँकी रहँदा आयोगले तयारी थालेको हो । संविधानको धारा २२५ मा भने स्थानीय तहको कार्यकाल निर्वाचन भएको मितिले ५ वर्षको हुने उल्लेख छ । त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधान छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन : कसैलाई दोष दिन आएका होइनौँ

प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष...

कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग ७ ठाउँमा अवरूद्ध

काठमाडौँ- पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत कृष्णभिरमा पहिरो खसेको छ।भोटेकोशी-त्रिशूलीको बाढीले भदौ १४ गते सडक भासिएपछि...

देशभर बाढीको जोखिम : आज र भोलि कुन-कुन जिल्लामा कस्तो खतरा?

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने र विभिन्न जिल्लाका स-साना नदीमा...

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...
लोकप्रिय