ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

प्रधानमन्त्री बालेन शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील नभए त्यो एउटा कागज मात्रै बन्ने बताएका छन्।

संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले संविधानको अक्षर र भावनाप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै यसलाई चलाउने हात इमानदार हुनुपर्ने बताएका हुन्।

‘तर एउटा कुरा हामीले कहिल्यै बिर्सनुहँदैन। संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने यो एउटा कागजमात्रै बन्नेछ,’ उनले भने।

उनले  संविधानले नेपाली जनतासँग गरेका बाचाहरू कानुनी राज्यका लागि सर्त नभई राष्ट्रिय जीवनको आधार रहेको बताएका छन्।

‘संविधानले एउटा बाचा गरेको छ। विविधताबीचको एकता सबै प्रकारको विभेद र असमानताको अन्त्य र विकास, समृद्धी एवम् सामाजिक न्यायको आधारमा समतामूलक समाजको निर्माण, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानवअधिकार र कानुनी राज्य हाम्रा लागि सर्त होइनन्। राष्ट्रिय जीवनको आधार हो,’ उनले भने।

उनले भ्रष्टाचार र दण्डहिनताको जरो गहिरो रहेको पनि बताए।

‘तर जरो उखेल्ने हातहरू अब झन् बलिया छन्। झन् धेरै छन्। विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त हो भन्ने कुरामा सरकार सचेत छ,’ उनले भने।

वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवम् सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको प्रधानमन्त्री बालेनले जानकारी दिए।

‘सुशासन नारा होइन, काम हो। र हामी काम गरिरहेका छौं। संघ प्रदेश र स्थानीय तहबीच सहकार्य, सहअस्तित्व र समन्वयको आधारमा राष्ट्र विकासको साझा उद्धेश्य प्राप्त गर्न नेपाल सरकार प्रतिबद्ध छ,’ उनले भने।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय