ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट सर्वस्व गुमाएकी ४१ वर्षीया विष्णुकुमारी डङ्गोल काठमाडौँ मेडिकल कलेज (केएमसी) मा सफलतापूर्वक निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण रूपमा स्वस्थ भई डिस्चार्ज भएकी छन्। 

उनलाई पति राजकुमार डङ्गोलले मिर्गौला दान गरेका हुन्। सफल प्रत्यारोपणपछि राजकुमार पनि पत्नीसँगै अस्पतालबाट डिस्चार्ज भएका छन्।बाढीले घरबार मात्रै नभई वर्षौँसम्म थोपा–थोपा जोडेर उपचारका लागि जम्मा पारेको रकमसमेत बगाएपछि विष्णुकुमारी जीवन र मृत्युको दोसाँधमा पुगेकी थिइन्। उनको दयनीय अवस्थाबारे सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि नेपाली कांग्रेसका नेता एवम् केएमसीका सञ्चालक डा.सुनीलकुमार शर्माले सम्पूर्ण उपचार निःशुल्क गरिदिने घोषणा गरेका थिए।

बिरामी तथा मिर्गौला दाताका लागि खानपिनको समेत विशेष व्यवस्था मिलाउँदै शर्माले प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए । लगत्तै केएमसीको विज्ञ चिकित्सक टोलीले प्रत्यारोपण सम्पन्न गरेको हो।

मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएपछि स्वस्थ भई घर फर्किँदै गर्दा डङ्गोल दम्पतीले उपचारमा संलग्न ट्रान्सप्लान्ट सर्जन डा.सुरेश महर्जन, डा.विजयमानसिंह कटुवाल, डा.अनिल पोख्रेलसहित सम्पूर्ण चिकित्सक टोलीलाई आभार प्रकट गरे। काठमाडौँ मेडिकल कलेज (केएमसी) मा अहिलेसम्म गरिएका सबै मिर्गौला प्रत्यारोपण शतप्रतिशत सफल भएका छन् । विष्णुकुमारी उक्त अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण गराउने ८६औँ बिरामी बनेकी छन्। 

विपद्को समयमा पीडितको पीडालाई आफ्नै परिवारको झैँ आत्मसात् गर्ने डा.शर्माले यसअघि नै बाढीपीडितका लागि अस्पतालका ढोकाहरू निःशुल्क खुला रहने घोषणा गरिसकेका छन्।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय