सरकारले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को २०८३ असोज २ गते बसेको बैठकले नियमावली स्वीकृत गरेको हो।
संशोधनसँगै नागरिकताको प्रतिलिपि लिन नागरिकता जारी भएको जिल्लामै पुग्नुपर्ने बाध्यता हटाउने व्यवस्था अघि बढेको छ। अब अन्य जिल्लामा बसोबास गरिरहेका नागरिकले आफू रहेको जिल्लाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ।
यस व्यवस्थाले नागरिकलाई नागरिकताको प्रतिलिपि लिन हुने यात्राको झन्झट कम गर्ने र सेवा प्रवाहलाई सहज बनाउने अपेक्षा गरिएको छ। तर नयाँ व्यवस्था कहिलेदेखि पूर्ण रूपमा लागू हुन्छ भन्ने विषय स्पष्ट हुन आवश्यक छ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।