क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

जनकपुरधाम । मधेश प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको प्रशासनिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा कर्मचारी व्यवस्थापनसँग सम्बन्धित तीनवटा निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज भट्टराईले बैठकले स्वास्थ्य सेवा अत्यावश्यक तथा संवेदनशील सेवा भएकाले मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको टुङ्गो नलागेसम्म स्वास्थ्य सेवामा आवश्यक जनशक्ति व्यवस्थापन गरी सेवा प्रवाहलाई निरन्तरता दिन स्वास्थ्य मन्त्रालयको प्रस्तावबमोजिम अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको बताए ।

त्यस्तै, प्रदेश सरकार (मुख्यमन्त्री तथा मन्त्रीहरू) र प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको निजी तथा स्वकीय सचिवालयको विद्यमान संगठनात्मक संरचना र कर्मचारी सङ्ख्या पुनरावलोकन तथा अनुसूची–२ परिमार्जनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ स्वीकृत गर्ने निर्णय भएको छ। उक्त प्रतिवेदनमा उल्लिखित सुझाव तथा सिफारिसलाई आवश्यक कानुनी प्रबन्ध मिलाई कार्यान्वयन गर्ने निर्णयसमेत गरिएको छ।

यसबाट सचिवालयको जनशक्ति व्यवस्थापनलाई कार्यबोझ, आवश्यकता र जिम्मेवारीका आधारमा व्यवस्थित गर्दै सार्वजनिक स्रोतको मितव्ययी तथा प्रभावकारी उपयोग गर्ने सरकारको उद्देश्य रहेको छ।

यसैगरी, स्थानीय तहमा कार्यरत कर्मचारीहरूको वृत्ति विकासलगायत सेवा, सर्त तथा सुविधासम्बन्धी विषयलाई थप स्पष्ट, व्यवस्थित र पूर्वानुमानयोग्य बनाउन स्थानीय तह (गठन तथा सञ्चालन) सम्बन्धी ऐन, २०८१ को संशोधनको विधेयक मस्यौदा प्रदेश सभाको आगामी अधिवेशनमा पेश गर्ने निर्णय गरेको छ।

स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक जनशक्तिको स्थायित्व, वृत्ति विकासको सुनिश्चितता तथा कर्मचारी व्यवस्थापनमा देखिएका कानुनी र व्यावहारिक जटिलताको समाधानका लागि विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गरी आवश्यक सुधार गर्न प्रदेश सरकारले यो निर्णय लिएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन : कसैलाई दोष दिन आएका होइनौँ

प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष...

कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग ७ ठाउँमा अवरूद्ध

काठमाडौँ- पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत कृष्णभिरमा पहिरो खसेको छ।भोटेकोशी-त्रिशूलीको बाढीले भदौ १४ गते सडक भासिएपछि...

देशभर बाढीको जोखिम : आज र भोलि कुन-कुन जिल्लामा कस्तो खतरा?

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने र विभिन्न जिल्लाका स-साना नदीमा...

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...
लोकप्रिय