ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । बङ्गालको खाडीको पूर्वी भूभाग अर्थात् उत्तर अण्डमान सागर आसपास विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा समेत पर्न सक्ने देखिएको छ। न्यून चापीय प्रणाली थप बलियो हुँदै पश्चिम–उत्तर पश्चिमतर्फ अघि बढिरहेको मौसमविद्ले बताएका छन् ।

आगामी असोज ७ गते आसपास भारतको दक्षिण ओडिशा तथा उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिक पुग्ने अनुमान गरिएको यो प्रणालीको सम्भावित असर नेपालमा पनि पर्न सक्ने भएकाले सतर्कता र पूर्व तयारी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । यसै प्रसङ्गमा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेसँग हामीले कुरा गरेका छौँ । जल तथा मौसम विज्ञान विभागले ती सम्भावित मौसम प्रणालीहरूलाई निरन्तर अनुगमन गरिरहेकै छ। नेपालमा प्रभाव पार्ने प्रणालीहरूको हामी नियमित अनुगमन (मोनिटरिङ) गर्छौँ। अहिले नै त्यो प्रणाली पूर्ण रूपमा बनिसकेको अवस्था भने छैन। बजारमा हल्ला भएजस्तो एकदमै ठुलो वितण्डा नै ल्याउने किसिमको परिस्थिति त देखिँदैन, तर हामी निरन्तर सतर्क भने हुनुपर्छ।

नेपालमा आउने न्यून चापीय प्रणालीका कारण यसको प्रभाव पर्न सक्ने सम्भावना देखिन्छ। अहिले मनसुनकै समय छ र बङ्गालको खाडीबाट जल वाष्पयुक्त हावा आउँदा धेरै पानी पर्न सक्छ भन्ने अनुमान छ। यद्यपि, कुन ठाउँमा कति पानी पर्छ भनेर अहिले नै यकिन गर्न सकिने अवस्था छैन, किनकि अझै केही दिन बाँकी छ। पूर्वानुमानहरू परिवर्तन हुँदै जान सक्छन् र प्रणालीको दिशा पनि फेरिन सक्छ।

​अहिले अण्डमान सागर र बङ्गालको खाडी आसपास न्यून चापीय क्षेत्र बनिरहेको छ। त्यो बिस्तारै बलियो हुँदै उत्तर–पश्चिम अर्थात् भारतको पश्चिम बङ्गाल र ओडिशा आसपासका क्षेत्रतर्फ अघि बढ्दै छ। त्यो प्रणाली अझै अघि बढ्न १–२ दिन लाग्छ। त्यसपछि सेप्टेम्बर २३ देखि २८ (असोज ७ देखि १२) को समयमा नेपालमा यसको बढी प्रभाव पर्न सक्ने देखिन्छ।

मौसमविद्हरूले असोज ८ देखि १२ गतेसम्म देशभर वर्षाको सम्भावना औँल्याएका छन् । अध्ययन भइरहेको भए पनि यसले कस्तो प्रभाव पार्छ भन्ने यकिन भइनसकेको हो ?  

​हो, अहिले नै ठोस पूर्वानुमान गरिहाल्नु उपयुक्त नहोला। किनकि भोलि–पर्सि सम्ममा प्रभावको स्वरूप परिवर्तन हुन सक्छ। नेपालको पूर्वी, पश्चिमी वा सुदूर पूर्वी कुन भागमा बढी असर गर्छ भन्ने अहिल्यै ठोकुवा गर्न सकिँदैन। तर केही न केही प्रभाव भने पक्कै पर्नेछ। समय नजिकिँदै जाँदा भोलि–पर्सि कुन ठाउँमा कति प्रभाव पर्छ भन्ने विस्तृत विवरण हामी दैनिक रूपमा अद्यावधिक गर्दै जानेछौँ।

​भनेपछि पूर्व सतर्कता भने अपनाउनुपर्ने देखियो, होइन ?  

हो, सतर्कता त पक्कै अपनाउनुपर्छ। किनभने केही समयअघि पनि राम्रै पानी परेको थियो र धेरै ठाउँमा पहिरो गएका खबरहरू आएका थिए। बाढी तथा पहिरो प्रभावित क्षेत्रमा फेरि धेरै पानी परेमा अवस्था अझ बिग्रन सक्छ र उद्धार तथा राहत कार्यमा पनि बाधा पुग्न सक्छ।  ​यसका साथै, अहिले धेरै ठाउँमा धान काट्ने र भित्र्याउने समय पनि भइसकेको छ। फसल काटिसकेपछि क्षति हुनुभन्दा पहिले नै सतर्कता अपनाउनु बुद्धिमानी हुन्छ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय