ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

बाँके । लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण प्रक्रियालाई व्यावहारिक बनाउने तयारी गरिएको छ ।

बाँकेको जानकी गाउँपालिका–३ मानपुरस्थित साइनिङ अस्पतालको बुधबार अनुगमन गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले निजी स्वास्थ्य संस्थाको दर्ता र नवीकरण प्रक्रियालाई सहज बनाइने बताए । उनले विगतमा प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानलाई हाल तीन वर्ष बनाइएको उल्लेख गरे ।

“मानव स्वास्थ्यसँग जोडिएको संवेदनशील क्षेत्र अस्पताल आफैँमा जिम्मेवार निकाय हो, यसको दर्ता र नवीकरणमा प्रदेश सरकारले व्यावहारिक हुने गरी काम गर्नेछ”, उनले भने, “विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै समस्या समाधानका लागि आवश्यक समन्वय गर्नेछ, त्यसका लागि अस्पताल पनि जिम्मेवार बन्न जरुरी छ ।”

प्रदेशको स्वास्थ्य क्षेत्रमा रहेका समस्या र तिनको समाधानका उपायबारे आफूले स्थलगत रूपमा अध्ययन गरिरहेको बताउँदै उनले सरकारी अस्पतालको स्तरोन्नति, सेवा प्रवाहमा प्रभावकारिता र अन्तर–मन्त्रालय समन्वयमा जोड दिइएको बताए ।

निजी स्वास्थ्य संस्थाले प्रदेशको स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्रबिच थप सहकार्य आवश्यक रहेको स्पष्ट पारे ।

लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई व्यावहारिक बनाउन, नवीकरणको अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष कायम गर्न सरकारसँग आग्रह गरेको प्रसङ्ग जोड्दै मन्त्री पुनले यसलाई व्यावहारिक बनाइने बताए ।

मन्त्री पुनले साइनिङ अस्पताल बाँकेले लुम्बिनी प्रदेशमात्र नभई पश्चिम नेपालकै जनतालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गर्न सफल भएकामा प्रशंसा गरे ।सो अवसरमा अस्पतालका प्रमुख मङ्गल थारुले साइनिङ अस्पतालको सेवा प्रवाहका बारेमा जानकारी गराएका थिए ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय