क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक लम्बिने भएको छ । यसअघि बुधबार बैठक समापन गर्ने तयारी भएपनि कार्यसूचीमाथि नै नेताहरूले आपत्ति जनाएपछि केन्द्रीय समिति बैठककै बिच बुधबार बिहान सचिवालय बैठक पनि बस्ने तय भएको छ । 

अब बिहीबार मात्रै केन्द्रीय कमिटी बैठक अन्त्य गर्न नेताहरू सहमत भएको बताइएको छएमालेका एक नेताले दिएको जानकारीअनुसार बुधबार बिहान सचिवालय बैठकले अहिले जारी बैठकको कार्यसूची अनुमोदन गर्ने छ । एमालेले यसअघि नै ९ वटा कार्यसूची तय गरेको थियो । तर उक्त कार्यसूची अनुमोदन भने भएको थिएन ।  सचिवालयबाट कार्यसूची अनुमोदन राएर बुधबार   दिउँसो १ बजेदेखि फेरि केन्द्रीय कमिटी बैठक निरन्तर गरिनेछ ।

सोमबारदेखि सुरु भएको बैठकमा नेताहरूले लामो समयपछि बसेको बैठकमा बोल्न चाहनेहरूलाई समय उपलब्ध गराउनुपर्ने र अहिले तय भएको समयले नपुग्ने अध्यक्ष ओलीलाई बताएका थिए ।

महासचिव शंकर पोखरेलले यसबारे सोमबारको बैठकलगत्तै अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डु पुगेर जानकारी गराएका थिए ।

बैठकको पहिलो दिन अध्यक्ष ओलीले ७८ पेज लामो प्रतिवेदन पेस गरेका थिए । जसमा नेतृत्व परिवर्तन र पुनर्गठनको मुद्दा हटाइएको छ ।

एमालेमा गत निर्वाचनपछि पुनर्गठनको बहस चुलिँदै आएको थियो । तर, अध्यक्ष ओलीको अनिच्छाका कारण विशेष महाधिवेशन र नेतृत्व पुनर्गठनको मुद्दा ओझेलमा परेको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार क्यूसेक नाघ्यो: ४३ ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको...

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण...

भारी वर्षापछि बैंककका सबै जिल्लामा विपद् घोषणा

बैंकक । थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा...

कालीगण्डकीमा बढ्दो बहाव, मोदीवेणीमा चेतावनी तह पार

बागलुङ । निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव...

जापानका लागि राजदूतमा सिफारिस भएका थापा जापानकै स्थायी बसोबासी

काठमाडौँ । जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमार थापा जापानकै स्थानी बसोबासी रहेका छन् ।...

दर्ता प्रमाणपत्र भाडामा दिएर फार्मेसी चलाउने प्रवृत्ति बढ्दो

काठमाडौँ । नेपाल फार्मेसी परिषद्को पछिल्लो तथ्याङ्क अनुसार हाल देशभर फर्मासिस्टको सङ्ख्या आठ हजार ५६३...
लोकप्रिय