लुम्बिनी र गण्डकीमा भारी वर्षाको सम्भावना
मौसम विज्ञान विभागका अनुसार आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम रहेको विभागले जनाएको छ।सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।