काठमाडौं । बुटवल उपमहानगरपालिका–७ का २० वर्षीय आयुष्मान पुरी नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं. २ को क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।
त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघमार्फत विद्यार्थी राजनीतिमा सक्रिय पुरी सामाजिक अभियन्ता हुन् ।युवा सहभागिता र नेतृत्वलाई प्राथमिकतामा राख्दै उनले क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए ।पुरीसँगै खुलातर्फ थप ६ जना र महिलातर्फ १ जना गरी कुल ७ जना क्षेत्रीय प्रतिनिधि पनि निर्विरोध चयन भएका छन्।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।