ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

प्रतिनिधिसभाकाे मंगलबारको बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा बोल्दाबोल्दै भक्कानिएकी छन् ।

उनी जेन–जी आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडाकी आमा हुन् । संसदमा बोल्दै उनले प्रतिनिधिसभामा उभिनु आफ्नो राजनीतिक रहर वा लालच नभई न्याय खोज्ने यात्रा भएको बताइन् ।

‘आज यो गरिमामय संसदमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर या लालचको विषय थिएन । यो मेरो न्याय खोज्ने यात्रा थियो । मेरो कोखमा नौ महिना हुर्किएको, ताते–ताते गर्दै मेरा आँखासामु बढेको मेरो मुटुको टुक्रा, त्यतिबेलाको शासकले चलाएको तातो गोली र उसको बगेको रातो रगतले न्याय खोज्दै थियो । एउटा विश्वास र पवित्र यात्रा हो,’ उनले भनिन् ।

खतिवडाले छोराको मृत्युको घटनालाई न्यायको विषयका रूपमा उठाउँदै आफू संसदमा आएको बताएकी हुन् ।

सांसद खतिवडाले आफूलाई खोज्दै रास्वपा दैलोसम्म पुगेको बताइन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले बारम्बार आग्रह गरेर म यो पदमा आएकी थिएँ । अन्य तमाम जेन–जीहरूको बलिदानलाई खेर जान नदिन म सदनमा पुगेकी हुँ । देशमा यत्रो परिवर्तन आएपछि पनि सरकारले बाटो बिराउन खोज्छ भने सदनमा एउटा शहीदकी आमाले निरन्तर खबरदारी गरिरहनुपर्छ भनेर म यहाँ आएकी हुँ,’ उनले भनिन् ।आफ्नो मन्तव्य राख्ने क्रमको सुरुवातदेखि नै सांसद खतिवडा भक्कानिएकी थिइन् । ‘जुन दिन जेन–जी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाउँछन्, त्यो दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुनेछैन । तर विडम्बना, मेरो उद्देश्य र छातीको घाउलाई कसैले छोराको लासमाथि सांसद पद साटेकी भन्दै अपमानजनक टिप्पणी गरेको सुन्दा म स्तब्ध छु,’ उनले भनिन् ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय