बर्दियामा सिभिल खाद्यान्न उद्योग प्रालिले स्थानीय धानलाई प्रशोधन गरी आफ्नै ब्राण्डमा विभिन्न प्रकारका चामल उत्पादन गर्दै आएको छ। उद्योगले लोप हुँदै गएको कालानमक धानको उत्पादन तथा बिक्रीलाई समेत निरन्तरता दिएको जनाएको छ। ‘ओली’ ब्राण्डअन्तर्गत ‘स्टार’, ‘बर्दिया गोल्ड सिल्की’ लगायतका चामल बजारमा पठाइँदै आएको छ।
बाँके–बर्दियालाई अन्नको भण्डारका रूपमा चिनिए पनि पछिल्लो समय स्वदेशी माग धान्न ठूलो परिमाणमा चामल आयात गर्नुपर्ने अवस्था छ। विगतमा नेपालगन्ज नाकामार्फत तेस्रो मुलुकसम्म चामल निर्यात हुने गरेको भए पनि अहिले आयात बढ्दो छ।
पुराना राइस मिलहरू बन्द हुँदै गए पनि नयाँ लगानीमा आधुनिक प्रविधिसहितका चामल उद्योग सञ्चालनमा आएका छन्। स्थानीय किसानबाट उत्पादित धानलाई प्रशोधन गरी आफ्नै ब्राण्डमार्फत बजारमा पुर्याउने प्रयासले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नुका साथै आयातित चामलसँग प्रतिस्पर्धाको आधारसमेत तयार गरिरहेको छ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।