क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौँ। प्रहरीले काठमाडौँको ठमेलमा स्विप अपरेशन सञ्चालन गरेर ५८ जना विदेशीलाई नियन्त्रणमा लिएको छ । सोमबार राति काठमाडौँको ठमेल क्षेत्रबाट प्रहरीले चिनियाँ नागरिक र बङ्गलादेशका नागरिकहरूलाई अनुसन्धानको लागी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका मध्ये ४ जना बङ्गलादेशी नागरिक भिसाको प्रयोजन विपरीत बसेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलिप घिमिरेले रातोपाटीलाई बताए । आइटी क्षेत्रमा काम गर्ने भिसा लिएर उनीहरुले काठमाडौँको कपडा पसलमा काम गरेका हुन् ।दुई जना चिनियाँ नागरिकको भिसा अवधि समाप्त भएको भेटिएको छ ।

प्रारम्भिक छानबिन गर्दा भिसामा समस्या देखिएका चिनियाँ र बङ्गलादेशका ६ जनालाई अध्यागमन विभागमा पठाइएको एसएसपी घिमिरेले पठाए । उनले भने, ‘आवश्यक अनुसन्धान र कारबाहीका लागी हामीले उनीहरूलाई अध्यागमन विभागमा पठाएका छौँ ।’अवैध गतिविधिमा संलग्न भएको आशङ्कामा पक्राउ परेका अन्य विदेशी नागरिकहरूलाई प्रहरीले रिहा गरेको छ । 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा...

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ...

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...

एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्णपदक जितेका...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह स्वदेश फर्किएका छन्...
लोकप्रिय