ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

सिरहा । सिरहा नेपाल–भारत सीमा क्षेत्रमा भन्सार छली तथा चोरी पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले चलाएको निगरानी र गस्ती अभियानका क्रममा सिरहामा पछिल्लो दुई महिनामा १ करोड १५ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार सोमबार मात्रै जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट १३ लाख ३५ हजार २५१ रुपैयाँ बराबरका भन्सार छली गरी नेपाल भित्र्याइएका तथा भारततर्फ लैजान खोजिएका सामान बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार सीमा क्षेत्रमा खटिएको छुट्टाछुट्टै टोलीले भारतीय नम्बर प्लेटको बिआर ३२ ओ ११३५ नम्बरको मोटरसाइकलमा लोड गरिएको अवस्थामा विभिन्न सामान नियन्त्रणमा लिएको हो।

बरामद सामग्रीमा लत्ताकपडा, किराना सामान, सुर्ती, कस्मेटिक सामग्री, जुत्ता, खेलौना, पेयपदार्थ तथा मदिरालगायत छन्। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी माडर भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट १ करोड १५ लाख २१ हजार ५२ रुपैयाँ बराबरका अवैध सामान तथा मोटरसाइकल बरामद भएका छन्।

गत २३ साउनमा मोटरसाइकल, लत्ताकपडा, कस्मेटिक तथा किराना सामग्री र विभिन्न ब्रान्डका मदिरासहित ४५ लाख ७४ हजार ५९ रुपैयाँ बराबरका सामान बरामद गरिएको थियो।त्यसैगरी भदौ महिनामा ६९ लाख ४६ हजार ९९३ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा हुने चोरी पैठारी तथा अवैध निकासी नियन्त्रणका लागि गस्ती, निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीको भनाइ छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय