क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला अधिवेशन सम्पन्न गर्दै प्रदेश अधिवेशनको तयारीमा जुटेको छ। राप्रपाले आगामी असोज २१ गते एकैदिन सातवटै प्रदेशको अधिवेशन गर्ने मिति तय गरेको छ।

मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ। हालैको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लालाई भने अधिवेशनका लागि विशेष समय दिइएको प्रवक्ता मोहन श्रेष्ठले बताए। ती जिल्लाले असोज १५ गतेसम्म अधिवेशन सम्पन्न गर्न पाउनेछन्। यस्तै, भदौ मसान्तसम्म अधिवेशन गर्न बाँकी रहेका जुम्ला र धनकुटालाई पनि असोज १५ गतेसम्म अधिवेशन सम्पन्न गर्ने समय दिइएको छ।जिल्ला अधिवेशनपछि प्रदेश अधिवेशनको तयारी थालेको राप्रपाले सातवटै प्रदेशको अधिवेशन एकैदिन सम्पन्न गर्ने गरी तयारी अघि बढाएको हो। केन्द्रीय निर्वाचन समितिले प्रदेश अधिवेशनका लागि सातवटै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधि खटाएको छ।

जसअनुसार कोशी प्रदेशमा निर्वाचन समिति सदस्य भरत पाठक, मधेस प्रदेशमा निर्वाचन समिति सदस्य राजाराम श्रेष्ठ, बागमती प्रदेशमा निर्वाचन समिति सदस्य प्रा.डा. जयन्तनाथ खनाल, गण्डकी प्रदेशमा निर्वाचन समिति सदस्य अमृत पुडासैनी, लुम्बिनी प्रदेशमा निर्वाचन समितिका अध्यक्ष तोरणबहादुर गुरुङ, कर्णाली प्रदेशमा निर्वाचन समिति सदस्य रमानन्द न्यौपाने र सुदूरपश्चिम प्रदेशमा निर्वाचन समितिका सदस्य सचिव श्यामबहादुर शाहीलाई केन्द्रीय निर्वाचन प्रतिनिधि तोकिएको छ।

राप्रपाको विधानअनुसार प्रदेश अधिवेशनमा सम्बन्धित प्रदेशअन्तर्गतका जिल्लाका अध्यक्ष तथा जिल्ला कार्यसमितिले आफूमध्येबाट छनोट गरी पठाएका महिला र उत्पीडित समुदायका एक–एक जनासहित सात जना प्रतिनिधि सहभागी हुने व्यवस्था छ।

यस्तै, प्रदेशअन्तर्गतका प्रतिनिधिसभा निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष तथा क्षेत्रीय कार्यसमितिले आफूमध्येबाट छनोट गरी पठाएका महिला र उत्पीडित समुदायका एक–एक जनासहित पाँच जना तथा प्रदेशसभा क्षेत्रीय कार्यसमितिका अध्यक्ष र कार्यसमितिले आफूमध्येबाट छनोट गरी पठाएका महिला र उत्पीडित समुदायका एक–एक जनासहित चार जना प्रतिनिधि सहभागी हुने व्यवस्था छ।

सम्बन्धित प्रदेशअन्तर्गतका नगर तथा गाउँपालिका कार्यसमितिका अध्यक्षले पनि प्रतिनिधि छनोट गरी पठाउने व्यवस्था विधानमा रहेको राप्रपाले जनाएको छ।

राप्रपामा केन्द्रीय महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यहरूमध्येबाट छनोट गर्ने प्रावधान छ। समानुपातिक समावेशीताका आधारमा महाधिवेशन प्रतिनिधि छनोट गरिने पार्टीले जनाएको छ।

राप्रपाले असोज १५ गतेसम्म सक्रिय सदस्यताका लागि आवेदन दिने तथा फाराम प्रविष्ट गर्ने समय निर्धारण गरेको छ। देशभर सक्रिय सदस्यताको विवरण तथा फाराम भर्ने काम भइरहेको राप्रपाले जनाएको छ।

प्रदेश अधिवेशनपछि राप्रपा मंसिरमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...

१ अर्ब ३ करोडको हुण्डी कारोबारको आशंका, ५२ बैंक खाता प्रयोग गर्ने एक महिला पक्राउ

काठमाडाैँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ।...

भारी वर्षाको जोखिमपछि दाङका पाँच सडकखण्डमा राति सवारी बन्द

दाङ, ८ असोज । भारी देखि अति भारी वर्षाको सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय...

राष्ट्रपतिबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा...
लोकप्रिय