क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

बुटवल। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगर समितिको नयाँ नेतृत्व चयनका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन्।

बुटवल उपमहानगर समितिको नेतृत्वका लागि वर्तमान उपसभापति ज्योति भण्डारी र जितबहादुर मल्लले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन्।भण्डारी नेतृत्वको प्यानलबाट उपसभापतिमा गणेश घिमिरे, महिला उपसभापतिमा गंगा पन्थी, सचिवमा अर्जुन गिरी र सहसचिवमा नारायण खनाल उम्मेदवार बनेका छन्।

त्यस्तै, मल्ल नेतृत्वको प्यानलबाट उपसभापतिमा तीर्थराज काफ्ले, महिला उपसभापतिमा करुणा मल्ल, सचिवमा रमेशप्रसाद अधिकारी र सहसचिवमा सूर्यप्रसाद काफ्ले उम्मेदवार रहेका छन् ।

सभापतिका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको र अहिले मतदाता परिचय तथा निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढिरहेको निर्वाचन अधिकृत जीव नारायण अधिकारीले जानकारी दिए ।

यसअघि नगर अधिवेशनको उद्घाटन गर्दै कांग्रेस नेता बालकृष्ण खाणले पार्टीको केन्द्रीय नेतृत्व चयनदेखि स्थानीय तहसम्म सकेसम्म सहमति र एकताका साथ अघि बढ्न कार्यकर्तालाई आग्रह गरेका थिए ।

उनले विभिन्न तहमा सहमतिका लागि प्रयास भइरहेको भन्दै सहमति हुन नसकेको अवस्थामा लोकतान्त्रिक पद्धतिअनुसार मैत्रीपूर्ण प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुपर्ने बताएका थिए ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

बागमतीमा विपद् व्यवस्थापनका लागि सङ्घीय सरकारसँग १ अर्ब अनुदान माग गर्ने

हेटौँडा । बागमती सरकारले विपद् व्यवस्थापनका लागि सङ्घीय सरकारसँग १ अर्ब रुपैयाँ माग गर्ने निर्णय...

बाढी र पहिरोले गण्डकीका १६ मुख्य सडक पूर्ण अवरुद्ध

पोखरा । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र लेदोका कारण गण्डकी प्रदेशका विभिन्न सडकहरूमा यातायात...

सर्पदंश उपचारमा भरोसाको केन्द्र बन्दै भेरी अस्पताल

बाँके : कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति...

बाढीको जोखिम बढेपछि राप्ती सोनारीमा २ हजारलाई आश्रय दिने तयारी

बाँकेको राप्ती सोनारी गाउँपालिकाले भारी वर्षाका कारण हुनसक्ने बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित...

भारी वर्षाले कांग्रेस अधिवेशन प्रभावित

अविरल वर्षापछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतका अधिवेशनहरू प्रभावित भएका छन्। भारी वर्षाका कारण दाङ, स्याङ्जा, कास्की,...

ट्रम्प–सी भेटवार्ता : तामझाम धेरै, उपलब्धि थोरै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्ता उच्चस्तरीय आतिथ्य र औपचारिकताले भरिए...
लोकप्रिय