ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

बाँके : कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति विस्तारामा सुतिरहेकै बेला सर्पले डस्यो। थापालाई सर्पले डसेको थाहा पाउनेबित्तिकै रातारात नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरि

झुल लगाएर सुत्नुभएका थापालाई झुल बाहिरबाटै सर्पले टाउकोमा डसेको थियो। समयमै अस्पताल पुर्याएपछि उनको उपचारमा सहज भयो। एन्टी स्नेक भेनम चढाएपछि अहिले उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छोरा राजबहादुर थापाले बताए।

“गाउँमै धामीझाँक्री वा स्थानीय स्वास्थ्यचौकीमा अलमल गरेको भए ठूलो दुर्घटना हुनसक्थ्यो”, राजबहादुरले भने “स्वास्थ्यचौकीमा लगे पनि नेपालगन्ज रेफर गर्छन् भन्ने थाहा भएकाले हामी सिधैँ भेरी अस्पताल आयौँ। सही समयमा अस्पताल ल्याएकाले बुबाले नयाँ जीवन पाउनुभयो।”

जयबहादुर थापाको यो घटना एउटा प्रतिनिधि उदाहरणमात्र हो। गर्मी र वर्षाको मौसममा तराई तथा पहाडी भेगमा सर्पदंशका घटना अत्यधिक बढ्ने गरेका छन्। पछिल्लो समय भेरी अस्पतालमा सुविधासम्पन्न पूर्वाधार, अनुभवी चिकित्सक र चुस्त व्यवस्थापनका कारण सर्पदंशका बिरामीका लागि ‘मृत्युको मुखबाट फर्काउने’ आशाको किरण छरिरहेको छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालका अनुसार अन्तिम अवस्थामा पुगेर पनि भेरी अस्पताल आइपुगेका दर्जनौँ बिरामी नयाँ जीवन पाएर घर फर्किएका छन्। आर्थिक वर्ष २०८२/८३ मा भेरी अस्पतालमा विभिन्न जिल्लाबाट आएका ९१ जना सर्पदंशका बिरामीमध्ये ८५ जना निको भएर घर फर्किएका थिए भने छ जनाको मात्र मृत्यु भएको थियो।

चालु आवको दुई महिनामा अस्पतालमा भर्ना भएका ४९ जना बिरामीमध्ये ४६ जना सफल उपचारपछि निको भएका छन् भने तीन जनाको मात्र मृत्यु भएको छ। तथ्याङ्कअनुसार अस्पताल आइपुग्ने ९२ प्रतिशतभन्दा बढी बिरामीको ज्यान जोगाउन भेरी अस्पतालका चिकित्सक सफल भएका छन्।

गर्मीयाममा सर्पदंशका बिरामीको सङ्ख्या ह्वात्तै बढे पनि अस्पतालका तालिमप्राप्त र कुशल चिकित्सकको टोलीका कारण धेरैको ज्यान जोगाउन सम्भव भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दर्नालले बताए।

“भेरी अस्पताल यतिबेला लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट प्रेषण (रेफर) भएर आउने सर्पदंशका बिरामीको मुख्य उपचार थलो बनेको छ”, डा दर्नालले भन्नुभयो, “हामीकहाँ आउने सर्पदंशका बिरामीलाई सहज र द्रुत रूपमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाएका छौँ।”

सर्पदंशबाट हुने अधिकांश मृत्युको मुख्य कारण अस्पताल ल्याउन गरिने ढिलाइ नै हो। भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीबारे अध्ययन गरिरहनुभएका डा बद्री चापागाईँले बिरामीलाई अस्पताल ल्याउन हुने ढिलाइ नै ज्यान जानुको प्रमुख जोखिम रहेको बताए।

“सर्पले टोकेपछि मानिस सुरुमा गाउँघरमै अलमलिने, धामीझाँक्रीकहाँ जाने वा घरेलु उपचारमा समय खेर फाल्ने गर्छन्”, डा चापागाईँले भन्नुभयो, “विषालु सर्पले टोकेको खण्डमा विष शरीरभरि फैलिएर बिरामी गम्भीर भइसकेपछि मात्र अस्पताल ल्याइन्छ, जसले गर्दा बचाउन गाह्रो हुन्छ।”

सर्पले टोक्नेबित्तिकै नआत्तिइकन सिधै उपचार केन्द्र पुर्याउन सकियो भने बिरामीको ज्यान शतप्रतिशत जोगिन सक्ने उहाँको भनाइ छ। सर्पले टोकेमा गाउँटोलका धामी, झाँक्री, गुरुवा वा अन्य परम्परागत अन्धविश्वासमा नअल्झिई बिरामीलाई जतिसक्दो चाँडो सर्पदंश उपचार केन्द्र वा सुविधासम्पन्न अस्पतालमा पुरयाउनुपर्ने डा चापागाईँको सुझाव छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय