क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौँ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सरकारले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न दिएको निर्देशनलाई कार्यान्वयन गर्नुपर्ने बताएको छ । महासङ्घका महासचिव तुलबहादुर थापामगरले राजनीतिक गतिविधिमा कुनै पनि शिक्षक प्रत्यक्ष संलग्न हुनु राम्रो नभएको बताए । 

उनले भने– ‘प्रत्यक्ष संलग्नता देखिनु राम्रो होइन । वर्तमान परिस्थितिलाई ध्यानमा राख्नुपर्‍यो ।शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक हुन थालेपछि शिक्षामन्त्री सस्मित पोखरेलले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिमाथि निगरानी बढाउन र त्यस्तो गतिविधिमा संलग्न पाइए कारबाही गर्न निर्देशन दिएका थिए । यस्तै, विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइए कारबाही गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिइसकेका छन् ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

सर्पदंश उपचारमा भरोसाको केन्द्र बन्दै भेरी अस्पताल

बाँके : कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति...

बाढीको जोखिम बढेपछि राप्ती सोनारीमा २ हजारलाई आश्रय दिने तयारी

बाँकेको राप्ती सोनारी गाउँपालिकाले भारी वर्षाका कारण हुनसक्ने बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित...

भारी वर्षाले कांग्रेस अधिवेशन प्रभावित

अविरल वर्षापछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतका अधिवेशनहरू प्रभावित भएका छन्। भारी वर्षाका कारण दाङ, स्याङ्जा, कास्की,...

ट्रम्प–सी भेटवार्ता : तामझाम धेरै, उपलब्धि थोरै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्ता उच्चस्तरीय आतिथ्य र औपचारिकताले भरिए...

सुनवलमा कांग्रेस नगर अधिवेशन रोकियो, मतदानको नयाँ मिति अझै अनिश्चित

बुटवल । नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशनअन्तर्गत नवलपरासीको सुनवल नगरपालिकाको अधिवेशन विवादका कारण स्थगित भएको छ।...

महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन : कसैलाई दोष दिन आएका होइनौँ

प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष...
लोकप्रिय