काठमाडौँ : स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ। चाँदीको मूल्य भाउ ४०ले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँ कायम भएको छ। त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८१५ कायम भएको छ।
मंगलबार छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी चार हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।