ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

महेन्द्रनगर । आगामी शुक्रबारदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरिएकाले सुदूरपश्चिम प्रदेशमा पनि सजकता अपनाउँदै विपद् प्रतिकार्यका लागि सरोकारवाला संयन्त्र तयारी अवस्थामा राखिएको छ ।

सम्भावित वर्षातमा उच्च जोखिममा रहेका बझाङ, बाजुरा, दार्चुला र अछाममा उच्च सर्तकता अप्नाउन ‘एलर्ट’ जारी गरिएको जल तथा मौसम विज्ञान कार्यालय अत्तरीया, कैलालीका निमित्त प्रमुख सञ्जयकुमार शाहले जानकारी दिए । “चुरे क्षेत्रमा वर्षात् हुने भएकाले यी दुई जिल्लालाई पनि उच्च जोखिममा राखेर एर्लट गरिएको छ ।”उच्च जोखिममा राखिएको सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सम्भावित वर्षापछि उत्पन्न हुनसक्ने विपद्को परिस्थितिबाट बच्न नागरिक तहसम्म सुचना जारी गरिएको बताए ।

उनले भने, “सडक अवरुद्ध भए तत्काल सञ्चालन गर्न स्काभेटर तयारी अवस्थामा राख्नुका साथै दुई महिनासम्मका लागि खाद्यान्नको बन्दोबस्ती गरेका छौँ ।” उनले स्रोतसाधनले भ्याएसम्मको तयारी गरिएको बताए ।

त्यसैगरी बझाङका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले गृह मन्त्रालयसँग समन्वय गरेर पूर्वतयारीबारे छलफल भइरहेको बताए । उनले भने, “बझाङलाई उच्च जोखिममा राखिएकाले सोही अनुसार विपद् प्रतिकार्य तयारी भइरहेको छ ।”

स्थानीय प्रशासनका साथै सुदूरपश्चिममा सुरक्षा संयन्त्रहरुले पनि सम्भावित विपदबाट क्षति कम गर्नका लागि विपद् प्रतिकार्य तयारी तीव्र पारेका छन् । सशस्त्र प्रहरी बल श्री नं ७ वैद्यनाथ बाहिनी अत्तरीयाका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेयले मौसम पूर्वानुमान महाशाखाबाट आएको खबर अनुसार सशस्त्र प्रहरी बलले विपद् प्रतिकार्य तयारी गरेको जानकारी दिए ।

“यस अवधिमा शसस्त्र प्रहरीका कर्मचारीलाई बिदा दिइएको छैन, सुदूरपश्चिमा तैनाथ शसस्त्र प्रहरी युनिटका साथै विपद्का लागि यहाँ १४ वटा अस्थायी विपद् सुरक्षा वेश तयारी अवस्थामा राखिएको छ । सरोकारवाला निकाय र सुरक्षा संयन्त्रबीच समन्वय भइरहेको छ”, उनले भने ।

बङ्गालको खाडीको मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएको र त्यसको प्रभाव नेपालमा पनि पर्ने बताइएको छ । भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुरक्षा समितिहरुले प्रतिकार्य तयारी गरिरहेका छन् ।नेपाली सेनाले पनि सुदूरपश्चिम प्रदेशमा विपद् प्रतिकार्य तयारी पुरा गरिसकेको जनाएको छ । प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सेनाले सुदूरपश्चिम पृतनामा हेलिकप्टर तयारी अवस्थामा राखेको नेपाली सेनाले जनाएको छ ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय