क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
आइतबार, 27 सेप्टेम्बर 2026

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारबाट गैँडा जोगिएको आज एक हजार ४२ दिन पुगेको छ । यसअघि विसं २०८० कात्तिक ३० गते निकुञ्जको पूर्वी सेक्टरमा दुईवटा गैँडा एकै ठाउँमा खाल्टोमा पारेर तस्करले मारेका थिए ।

पूर्वी चितवनको खैरहनी नजिक खगेन्द्रमल्ली पोष्टबाट तीन किलोमिटर दक्षिण पूर्वमा पर्ने निकुञ्जको चपरचुली इलाकामा तस्करहरुले दुईवटा गैँडालाई फरक फरक खाडलमा पारेर मारेका थिए।

त्यसयता प्राकृतिक कारणले गैँडा मरेको भए पनि चोरी शिकारीका कारण गैँडा मरेका छैनन्। निकुञ्जको सुरक्षामा कडाइका कारण गैँडा मारिनबाट जोगिएको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्राकृतिक कारणले गैँडा मरेको भए पनि एक हजार ४२ दिनयता तस्करले गैँडा मार्न पाएका छैनन्।

आर्थिक वर्ष २०८०/०८१ को कात्तिक ३० अगाडिका वर्षमा तस्करले गैँडा मारेको तथ्याङ्क छ। निकुञ्जका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा पाँच वटा, २०७८/०७९ मा दुई र ७९/८० मा दुई वटा गैँडा तस्करले मारेका थिए।

यसअघि आर्थिक वर्ष २०५८/०५९ मा ३८ गैँडा तस्करले मारेका थिए। सशस्त्र द्वन्द्वको बेला सुरक्षा पोष्ट कटौतीको फाइदा उठाउँदै तस्करहरुले गैँडा मारेका हुन् । त्यसयता सुरक्षा संयन्त्र चनाखो भएपछि एक हजार ७१ दिन शून्य चोरी शिकार भएको थियो।

चितवन राष्ट्रिय निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्रमा आर्थिक वर्ष २०७५/०७६ मा ४३, २०७६/०७७ मा २६, २०७७/०७८ मा ३५, २०७९/०८० मा २०, २०८०/०८१ मा २१, २०८१/०८२ मा २८ वटा र २०८२/०८३ मा २२ वटा गैँडा प्राकृतिक कारणले मृत्यु भएको थियो।

निकुञ्जमा नेपाली सेनाको नयाँ गोरख गण दलले सुरक्षा व्यवस्थाको जिम्मेवारी लिएको छ। निकुञ्ज प्रशासन, नेपाली सेना र स्थानीयको सहकार्यबाट चोरीशिकार नियन्त्रण सम्भव भएको थापामगरले बताए।

निकुञ्जमा हाल ५३ वटा पोष्ट छन्। उक्त पोष्टमा नेपाली सेना र निकुञ्ज सुरक्षाकर्मी रहेर सुरक्षा दिइरहेको उनले बताए। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा तस्करहरुले गोली हानेर, खाल्डोमा पारेर, विष खुवाएर, करेन्ट लगाएर गैँडा मार्ने गर्दछन्।

यस्तै प्राकृतिक कारणले बुढो भएर, अन्य जनावरको आक्रमणमा परेर, आपसमा जुधेर तथा बाढीले बगाएर, दलदलमा फसेर, बाघले खाएर गैँडा मर्ने गरेका छन् । पछिल्लो गणनाअनुसार नेपालमा ७५२ वटा गैँडा छन्।

यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९५ वटा गैँडा रहेका छन् । सन् २०२१ यता गैँडा गणना भएको छैन । चितवनसहित पर्सा, बर्दिया र शुक्लाफाँटामा पनि गैँडा रहेका छन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

मौसम नसुध्रिएसम्म धान नकाट्न किसानलाई मौसम विभागको आग्रह

किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न...

अक्टोबरमा हेर्न लायक १२ फिल्म : टम क्रुजको ‘डिगर’ देखि शेर्पा आरोहीको कथा ‘तेन्जिङ’ सम्म

अक्टोबरमा विभिन्न विधाका नयाँ फिल्म प्रदर्शन हुँदैछन् । टम क्रुजको व्यंग्यप्रधान ‘डिगर’, कोलिन हुभरको उपन्यासमा...

२२ वर्षीया रूबी झापा–२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर २ बाट २२ वर्षीया रूबी सिटौला युवा महिलातर्फ...

स्पेनसँग इंग्ल्यान्डको रोमाञ्चक हार, वेम्बलीमै ३–२ को नतिजा

इंग्ल्यान्ड र स्पेनबीच वेम्बलीमा भएको नेसन्स लिगको रोमाञ्चक खेलमा स्पेनले ३–२ को जित निकालेको छ।...

बाढी पहिरोले विद्युत् संरचनामा क्षति, पुनःस्थापनामा प्राधिकरणको टोली परिचालन

काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढी पहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण...

देशभर तीन मनसुनी वायुको असर, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
लोकप्रिय