काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत अहिले देशभरका विभिन्न जिल्लामा पालिकास्तरीय अधिवेशनहरू सुरु भएका छन् । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार हालसम्म ५८ जिल्लाका ५१२ वटा पालिकामा अधिवेशनको प्रक्रिया अघि बढेको छ।
सदस्यसचिव कटुवालले वडा अधिवेशनको तुलनामा पालिका अधिवेशन केही जटिल र समय लाग्ने खालको भएको बताए । उनले रातोपाटीसँग भने– ‘वडा अधिवेशन जस्तो सजिलो पालिका अधिवेशन हुँदैन। यहाँ सर्वसम्मतिको सम्भावना पनि कम छ, यदि सर्वसम्मतिको प्रयास गरिए पनि सबै पक्ष मिलाउन समय लाग्छ।’
उनले अधिकांश स्थानमा निर्वाचन नै हुने सम्भावना बढी रहेको र निर्वाचन प्रक्रिया पूरा गरी नतिजा सार्वजनिक अधिवेशन सुरु हुन बाँकी रहेका जिल्ला तथा पालिकाहरूमा पनि निर्वाचन समितिले तीव्र रूपमा तयारी गरिरहेको उनले जानकारी दिए । केही प्राविधिक वा प्रशासनिक कारणले बाँकी रहेका स्थानहरूमा पनि चाँडै अधिवेशन सम्पन्न गर्ने गरी काम भइरहेको समितिको भनाइ छ।गर्न समय लाग्ने स्पष्ट पारे। ‘निर्वाचन हुन्छ, निर्वाचन गर्न र नतिजा आउन समय लाग्छ। आज साँझसम्मबाट नतिजा आउन सुरु होला,’ कटुवालले भने।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।