क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको स्विप अपरेसनका क्रममा २४ घण्टामा १२१ जना पक्राउ परेका छन् ।

काठमाडौंका विभिन्न स्थानमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा  सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिक स्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात, हुलहुज्जत, दुर्व्यवहार, चोरी, लुटपाट, बिचौलियागिरी तथा गुण्डागर्दीजस्ता आपराधिक गतिविधि गर्ने व्यक्ति र विभिन्न मुद्दामा अदालतबाट दण्ड तथा सजाय तोकिएका कसुरदार एवं फरार प्रतिवादीसम्म छन्

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज ६ गतेदेखि असोज ७ गते बिहान ६ बजेसम्मको २४ घण्टाको अवधिमा अदालतको फैसला कार्यान्वयनतर्फ १९ जना पक्राउ परेका छन् । उनीहरूबाट ३८ लाख ९१ हजार ५७५ रुपैयाँ जरिवाना तथा ३ वर्ष ६ महिना २ दिन कैद असुलउपर गर्नुपर्ने देखिएको छ ।

यस्तै, चालु मुद्दाका फरार प्रतिवादीतर्फ ४ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार फरार कैदीबन्दी तथा थुनुवातर्फ १ जना पक्राउ परेका छन् ।स्विप अपरेसनअन्तर्गत पक्राउ परेका १२१ जनामध्ये १०५ जना पुरुष, १५ जना महिला र १ जना अन्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरले आफ्नो टोल तथा छिमेकमा आपराधिक गतिविधिमा संलग्न व्यक्ति, अदालतबाट कसुरदार ठहर भएका व्यक्ति वा विभिन्न मुद्दाका फरार प्रतिवादी लुकिछिपी बसेको जानकारी भए प्रहरीको निःशुल्क हटलाइन नम्बर १०० मा सूचना दिन आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम ;प्राविधिक

चितवन । लगातारको वर्षाका कारण पसाउने तथा परागसेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने...

मधेस र कोशी प्रदेशबिच आर्थिक सहकार्यको समझदारी, अर्थमन्त्रीले गरे हस्ताक्षर

जनकपुरधाम । मधेस प्रदेश र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, राजस्व वृद्धि, रोजगारी...

बाँकेको किरण नालामा बाढीको जोखिम, बेलुकासम्म सतर्क रहन आग्रह

बाँके । बाँके जिल्लाको उदारापुरस्थित किरण नाला खोलामा जलसतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय...

नेपाल–कजाकिस्तान सम्बन्धमा नयाँ सम्झौता, सरकारी राहदानीमा भिसा छुट

काठमाडौँ — नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर...

नेपाल–चीन सीमा बैठक : विपद् सूचना आदानप्रदानदेखि मानसरोवर यात्रा सहज बनाउने विषयसम्म छलफल

बझाङ। चीनको तिब्बतस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल–चीन सीमावर्ती अधिकारीबीच बैठक सम्पन्न भएको छ। बैठकमा सीमा...

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार क्यूसेक नाघ्यो: ४३ ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको...
लोकप्रिय