क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालको समूह ‘ए’को खेलमा अफगानिस्तानले आयोजक जापानलाई ४८ रनले पराजित गरेको छ।कोरोगी स्पोर्ट्स पार्कमा बिहीबार भएको खेलमा अफगानिस्तानले दिएको १३० रनको लक्ष्य पछ्याएको जापान १९.३ ओभरमा ८१ रनमै अलआउट भयो। 

टस जितेर जापानले पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। अफगानिस्तानका मोहम्मद अक्रमले सर्वाधिक ३४ रन बनाए। कप्तान दारविस रसुलीले २९ तथा मोहम्मद इशाकले अविजित २५ रन जोडे। 

जापानका लागि रेओ सकुरानो–थोमसले २३ रन बनाउँदा बेन्जामिन इटो–डेभिसले ८ बलमा १७ रन बनाए। तर अन्य ब्याटरले ठूलो साझेदारी गर्न नसक्दा जापान लक्ष्यसम्म पुग्न सकेन। 

अफगानिस्तानका अरब गुल मोमन्दले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। नाङ्गेयालिया खारोटेले ३ विकेट लिए भने अब्दुल्लाह अहमदजाईले २ विकेट लिए।यस जितसँगै अफगानिस्तानले समूह ‘ए’मा महत्वपूर्ण दुई अंक जोडेको छ। नेपाल यही समूहमा अफगानिस्तान र जापानसँगै रहेको छ। अब अफगानिस्तानले शुक्रबार नेपालसँग प्रतिस्पर्धा गर्नेछ भने

नेपालले त्यसपछि शनिबार जापानसँग खेल्नेछ। समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। नेपालको पहिलो खेल अफगानिस्तानसँग शुक्रबार हुनेछ। अफगानिस्तानले जापानलाई हराएपछि नेपालविरुद्धको खेल दुवै टोलीका लागि समूहको शीर्ष स्थानका दृष्टिले महत्वपूर्ण बनेको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

सर्पदंश उपचारमा भरोसाको केन्द्र बन्दै भेरी अस्पताल

बाँके : कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति...

बाढीको जोखिम बढेपछि राप्ती सोनारीमा २ हजारलाई आश्रय दिने तयारी

बाँकेको राप्ती सोनारी गाउँपालिकाले भारी वर्षाका कारण हुनसक्ने बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित...

भारी वर्षाले कांग्रेस अधिवेशन प्रभावित

अविरल वर्षापछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतका अधिवेशनहरू प्रभावित भएका छन्। भारी वर्षाका कारण दाङ, स्याङ्जा, कास्की,...

ट्रम्प–सी भेटवार्ता : तामझाम धेरै, उपलब्धि थोरै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्ता उच्चस्तरीय आतिथ्य र औपचारिकताले भरिए...

सुनवलमा कांग्रेस नगर अधिवेशन रोकियो, मतदानको नयाँ मिति अझै अनिश्चित

बुटवल । नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशनअन्तर्गत नवलपरासीको सुनवल नगरपालिकाको अधिवेशन विवादका कारण स्थगित भएको छ।...

महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन : कसैलाई दोष दिन आएका होइनौँ

प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष...
लोकप्रिय