क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

सांसदहरुको उपस्थिति घटेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको बैठकमा उपस्थित हुन सांसदहरुलाई पालो तोकेको छ। शून्य समयमा बोल्नका लागि संसद सचिवालयले तयार पारेको वर्णानुक्रम अनुसारको समूह विभाजनलाई आधार मान्दै रास्वपाले सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि पालो निर्धारण गरेको हो।

रास्वपाले लगाएको पालो अनुसार असोज ८ गते १ सय ३८ जनालाई अनिवार्य उपस्थित हुन भनेको हो। असोज १२ गतेका लागि ९० जना सांसदलाई अनिवार्य उपस्थित हुन भनेको छ।

असोज १३ गते ८१ जना सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको छ। असोज १४ गते ९१ जना र असोज १५ गते १ सय जना सांसदहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ। असोज १६ गते पनि ९० सांसदलाई अनिवार्य उपस्थित हुनैपर्ने सूचीमा राखिएको छ। असोज १६ गते संघीय संसदको अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ।

रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीका सांसदहरुलाई पालो तोकेर सूची पठाएका हुन्। यद्यपि सांसदहरुको नियमित र पूर्ण उपस्थिति अपेक्षा गरिएको उनले जनाएका छन्।

‘व्यावहारिक परिस्थितिहरूलाई ध्यानमा राख्दै संसदको छलफललाई थप गुणात्मक, प्रभावकारी र फलदायी बनाउनका लागि शून्य समय/समूहका आधारमा न्यूनतम सङ्ख्या उपस्थिति तालिका निर्धारण गरिएको हो’, बुर्लाकोटीले पत्रकारहरुलाई पठाएको सूचनामा भनिएको छ, ‘तोकिएको मितिमा बैठकको सुरुदेखि अन्त्यसम्म अनिवार्य रूपमा उपस्थित भई छलफलमा सक्रिय सहभागी हुन निर्देशानुसार अनुरोध गरिन्छ।’

केही दिन यता सांसदहरुको उपस्थिति लगातार घटेको थियो। नेपाली कांग्रेसका सांसदहरु पार्टीको स्थानीय तहका अधिवेशनहरुमा केन्द्रित भएका थिए। नेकपा एमालेका अधिकाशं सांसदहरु केन्द्रीय समितिको बैठकमा थिए। त्यसैले सांसदहरुको उपस्थिति घटेको थियो।

रास्वपाले पालो निर्धारणको अर्थ सांसदहरुलाई संसद आउन अनिवार्य नभएको अर्थ नलगाउन आग्रह गरेको छ। विशेष अवस्थामा बाहेक सधैँ संसद आउनु बाध्यकारी भएको जनाएको छ।

रास्वपाले सांसदहरुले खाजा खान समेत आलोपालो बाहिर निस्कन आग्रह गरेको छ। साथै कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ पेश गर्दा अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ।

रास्वपाले यसअघि सांसदहरुलाई अनुपस्थितिको कारण सहित गुगल फर्म भर्नुपर्ने व्यवस्था गरेको थियो। तर सांसदहरुले उक्त नियम खासै पालना गरेनन्। रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले उपस्थितिमा कडाइ गरिएको मेसेज रास्वपाका सांसदहरूलाई पठाएका थिए ।

यस्तो फर्म भर्ने सांसदले संसद बैठकमा उपस्थित हुन नसक्दा, बैठकमा आधा घण्टा भन्दा ढिलो उपस्थित हुँदा, उपस्थित भएर बीचमै बैठक छाड्नुपर्दा, बैठकको बीचमा बाहिर गएर फर्कनुपर्दा यस्तो फर्म भर्नुपर्ने व्यवस्था गरिएको थियो। यस्तो फर्ममा सांसदहरूले आफ्नो नाम, निर्वाचन क्षेत्र, सम्पर्क नम्बर, बैठकमा अनुपस्थित हुनुको कारण र बैठकमा बीचमा छाड्नुको कारण खुलाउनुपर्ने व्यवस्था गरिएको थियो।

तर संसदमा रास्वपा सांसदहरुको उपस्थिति घटेको थियो। रास्वपा सचेतक क्रान्तिशिखा धितालले संसदको पहिलो लहरमा बस्ने सांसदहरुको उपस्थिति घटेको विषयमा सांसदहरुको समूहमा नै ध्यानाकर्षण गराएकी थिइन्। तर सांसदहरुले खासै रेस्पोन्स गर्ने गरेका छैनन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...

१ अर्ब ३ करोडको हुण्डी कारोबारको आशंका, ५२ बैंक खाता प्रयोग गर्ने एक महिला पक्राउ

काठमाडाैँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ।...

भारी वर्षाको जोखिमपछि दाङका पाँच सडकखण्डमा राति सवारी बन्द

दाङ, ८ असोज । भारी देखि अति भारी वर्षाको सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय...

राष्ट्रपतिबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा...
लोकप्रिय