क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

काठमाडौँ — पाकिस्तानले अफगानिस्तानका विभिन्न १० स्थानमा ड्रोन र हवाई आक्रमण गरेको दाबी गरेको छ । इस्लामाबादले यसलाई अफगानिस्तानबाट आएको भनिएको ड्रोन आक्रमणको प्रयासको जवाफ भएको जनाएको छ ।

पाकिस्तानी सञ्चारमन्त्री अताउल्लाह तारारका अनुसार पाकिस्तानले ‘आत्मरक्षाको सार्वभौम अधिकार’ प्रयोग गर्दै ड्रोन प्रक्षेपण र भण्डारणका लागि प्रयोग गरिएका भनिएका १० स्थानमा लक्षित हवाई तथा ड्रोन आक्रमण गरेको हो । उनले ती आक्रमण ‘सुनियोजित, सटीक, सीमित र सैन्य लक्ष्यमा मात्रै केन्द्रित’ रहेको दाबी गरेका छन् ।

यो आक्रमण केही दिनअघि पाकिस्तानले अफगानिस्तानका कुनार र पक्तिका प्रान्तमा गरेको हवाई आक्रमणपछि भएको हो । अफगानिस्तानले त्यसबेला तीन सर्वसाधारणको मृत्यु भएको र चार जना घाइते भएको जनाएको थियो ।

अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानले नागरिक बस्तीलाई निशाना बनाएको आरोप लगाउँदै यसलाई ‘आक्रमण र अपराधको पुनरावृत्ति’ भनेका छन् । उनले पाकिस्तानले आफ्नै आन्तरिक सुरक्षा समस्याबाट ध्यान मोड्न यस्तो कदम चालेको दाबी गर्दै ‘उचित जवाफ दिने’ चेतावनी दिएका छन् ।

स्थानीय सञ्चारमाध्यम टोलोन्युजका अनुसार यसअघि पाकिस्तानी लडाकु विमानले पक्तिकाको बर्माल जिल्ला र कुनारका विभिन्न क्षेत्रमा आक्रमण गरेका थिए । संयुक्त राष्ट्रसंघीय अफगानिस्तान सहायता नियोगका अनुसार सन् २०२६ को अप्रिलदेखि जुनसम्म सीमापार सशस्त्र हिंसाबाट अफगानिस्तानमा ३९९ जना सर्वसाधारण प्रभावित भएका छन् । यस अवधिमा ५७ जनाको मृत्यु र ३४२ जना घाइते भएका थिए, जसमा ४० महिला र ११२ बालबालिका रहेका छन् ।

संयुक्त राष्ट्रसंघीय अफगानिस्तान सहायता नियोगले उक्त अवधिमा अफगानिस्तानभित्र अभिलेख गरिएका सबै सीमापार नागरिक क्षतिलाई पाकिस्तानी सुरक्षा बलसँग सम्बन्धित रहेको जनाएको छ । पक्तिया, पंक्तिका र कुनार हवाई आक्रमणबाट सबैभन्दा बढी प्रभावित प्रान्तमध्ये रहेका छन् । पाकिस्तान र अफगानिस्तानबीच पछिल्ला दिनहरूमा सीमापार तनाव लगातार बढ्दै गएको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...

१ अर्ब ३ करोडको हुण्डी कारोबारको आशंका, ५२ बैंक खाता प्रयोग गर्ने एक महिला पक्राउ

काठमाडाैँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ।...

भारी वर्षाको जोखिमपछि दाङका पाँच सडकखण्डमा राति सवारी बन्द

दाङ, ८ असोज । भारी देखि अति भारी वर्षाको सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय...

राष्ट्रपतिबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा...
लोकप्रिय