ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ — आगामी ३० असोजमा फूलपातीको दिन तीन नेपाली फिल्म एकैसाथ प्रदर्शनमा आउने भएका छन्। दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण घोषणा गर्दाकै बेला दसैंको मिति तय गरेको ‘छ माया छपक्कै २’सँगै ‘१२ गाउँ २’ र ‘आबाट आमा २’ प्रदर्शनको तयारीमा छन्। यसअघि दसैंको फूलपातीमै रिलिज गर्ने तरखरमा रहेको अनमोल केसी स्टारर ‘बाटुलो जुन’ भने तिहारपछि धकेलिएको छ ।

दसैं र तिहारको लामो बिदालाई लक्षित गर्दै फिल्म प्रदर्शन गर्ने क्रम पछिल्ला वर्षमा बढेको छ। ०८२ सालकै फूलपातीमा ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ प्रदर्शनमा आएका थिए। ०८१ को फूलपातीमा ‘१२ गाउँ’, ‘छक्का पञ्जा’ र ‘ज्वाइँसाब’ एकै समय प्रदर्शनमा आएका थिए।

यस वर्षको फूलपातीमा दीपकराज गिरी र विराज भट्टका फिल्म दुई वर्षपछि पुनः एकै समय प्रदर्शनमा आउँदै छन्। ०८१ मा फूलपातीमा प्रदर्शन भएको ‘१२ गाउँ’ले १९ करोडभन्दा माथि र ‘छक्का पञ्जा ५’ले १५ करोडभन्दा माथिको व्यापार गरेका थिए।

फिल्म वितरक गोविन्द शाहीका अनुसार एकै पटक धेरै फिल्म जुध्नु सम्पूर्ण फिल्म उद्योग र निर्माताका लागि राम्रो होइन। उनका अनुसार चाडपर्वका मिति फिल्मका लागि उपयुक्त भए पनि छलफल गरेर बढीमा दुई वटासम्म फिल्म जुध्नु ठीक हुन्छ, चार–पाँच वटा फिल्म एकै पटक जुध्दा बजारमा समस्या आउँछ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय