क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

काठमाडौँ — अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा लगाएको प्रतिबन्ध तत्कालका लागि रोक्दै उनीहरूको पहुँच पुनःस्थापित गर्न अन्तरिम आदेश दिएका छन् ।

अमेरिकी जिल्ला न्यायाधीश टिमोथी केलीले जारी गरेका आदेश १४ दिनसम्म लागू हुनेछ । उनले सञ्चारमाध्यमहरूले प्रतिबन्धविरुद्ध अस्थायी रोक आदेश प्राप्त गर्न आवश्यक कानूनी आधार पूरा गरेको बताए । उनका अनुसार प्रतिबन्धले सञ्चारमाध्यमलाई अपूरणीय क्षति पुग्न सक्ने अवस्था देखिएको छ ।

तीनै सञ्चारमाध्यमले समाचारको विषयवस्तुका कारण आफूहरूलाई लक्षित गरिएको दाबी गर्दै प्रतिबन्धले अमेरिकी संविधानको पहिलो संशोधनअन्तर्गत प्राप्त प्रेस स्वतन्त्रताको अधिकार उल्लङ्घन गरेको जिकिर गरेका थिए ।

न्यायाधीश केलीले प्रशासनले पत्रकारको प्रवेश रोक्नुअघि पर्याप्त कानूनी प्रक्रिया पूरा गरेको थियो कि थिएन भन्ने विषयमा समेत प्रश्न गरेका थिए ।राष्ट्रपति ट्रम्पले ती सञ्चारमाध्यमलाई ‘झुटा समाचार’ प्रकाशन तथा प्रसारण गरेको आरोप लगाउँदै प्रवेशमा प्रतिबन्ध लगाएका थिए । प्रशासनले भने प्रतिबन्ध समाचारको विषयवस्तुका कारण नभई राष्ट्रिय सुरक्षालगायत कारणले लगाइएको दाबी गरेको छ ।

सुनुवाइमा सञ्चारमाध्यमका अधिवक्ता थियोडोर बोउट्रस जुनियरले महत्त्वपूर्ण समाचारका समयमा पहुँच रोकिँदा अपूरणीय क्षति हुने तर्क गरेका थिए ।सरकारका अधिवक्ता माइकल भेल्चिकले भने ह्वाइट हाउसमा कसलाई प्रवेश दिने भन्ने निर्णय गर्ने अधिकार राष्ट्रपतिसँग रहेको जिकिर गर्दै ‘ह्वाइट हाउसमा पहुँच एउटा विशेषाधिकार हो, अधिकार होइन,’ उनले भने ।

न्यायाधीश केलीलाई राष्ट्रपति ट्रम्पले सन् २०१७ मा सङ्घीय न्यायाधीशमा नियुक्त गरेका थिए । उनले यसअघि सीएनएनका पत्रकार जिम एकोस्टाको ह्वाइट हाउस प्रवेश अनुमति पुनःस्थापित गर्न आदेश दिएका थिए ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...

१ अर्ब ३ करोडको हुण्डी कारोबारको आशंका, ५२ बैंक खाता प्रयोग गर्ने एक महिला पक्राउ

काठमाडाैँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ।...

भारी वर्षाको जोखिमपछि दाङका पाँच सडकखण्डमा राति सवारी बन्द

दाङ, ८ असोज । भारी देखि अति भारी वर्षाको सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय...

राष्ट्रपतिबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा...
लोकप्रिय