क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा फर्किएकी छन्। नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकले उनलाई सम्मानीत वरिष्ठ नेताको जिम्मेवारी दिएसँगै भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी हुन्।

२०७९ फागुन २५ गते रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि भण्डारी पूर्वराष्ट्रपतिको हैसियतमा पुगेकी थिइन्। त्यसअघि उनी २०७२ कात्तिकमा पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। २०७४ मा उनी फेरि दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी थिइन्।राष्ट्रपति पदबाट बिदा भएपछि भण्डारीले पार्टी राजनीतिमा फर्किन गतिविधि गर्दै आएकी थिइन् । तर एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी राजनीतिमा उनको पुनरागमनको विपक्षमा देखिएका थिए । पछिल्लो समय आफै पार्टीभित्र आलोचित हुँदै गएपछि ओलीले भण्डारीलाई पार्टी राजनीतिमा फर्किन बाटो खुला गरेका छन्।

एमालेको केन्द्रीय कमिटीको बैठकअघि बिहीबार बसेको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको थियो। त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको हो।

पार्टीका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई पार्टी सदस्यता दिने वा नदिने विषयमा एमालेभित्र बहस चल्दै आएको थियो। अन्ततः उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको हो।एमाले सचिव हिक्मत कार्कीले भण्डारी अब वरिष्ठ नेताको भूमिकामा रहने र उनको राजनीतिक तथा साङ्गठनिक अनुभवले पार्टीको आगामी कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

बैठकपछि प्रतिक्रिया दिँदै सचिव पद्मा अर्यालले भण्डारीजस्तो अनुभवी र सम्मानित नेतालाई सदस्यता दिएपछि विशुद्ध पार्टी सदस्य बनाएर मात्रै राख्न उपयुक्त नहुने भएकाले वरिष्ठ नेताको जिम्मेवारी दिइएको बताइन्।अर्का सचिव महेश बस्नेतले केन्द्रीय कमिटीको बैठक सौहार्दपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्दै ‘नेतृत्व र पार्टीमाथि भएको हमलालाई निराश’ बनाउँदै पार्टीलाई एकताबद्ध तथा उत्साहित बनाउँदै बैठक सम्पन्न भएको जिकिर गरे।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...

१ अर्ब ३ करोडको हुण्डी कारोबारको आशंका, ५२ बैंक खाता प्रयोग गर्ने एक महिला पक्राउ

काठमाडाैँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ।...

भारी वर्षाको जोखिमपछि दाङका पाँच सडकखण्डमा राति सवारी बन्द

दाङ, ८ असोज । भारी देखि अति भारी वर्षाको सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय...

राष्ट्रपतिबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा...
लोकप्रिय