क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

दाङ, ८ असोज । भारी देखि अति भारी वर्षाको सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका पाँच प्रमुख सडकखण्डमा आज बेलुका ५ बजेदेखी सवारी आवागमन बन्द गर्ने जानकारी दिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागको सूचनाका आधारमा आज विहीवार ८ गतेदेखि ११ गतेसम्म बर्षाको जोखिमलाई ध्यानमा राख्दै प्रत्येक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सडक बन्द गरिने प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जारी गरेको सुचनामा उल्लेख छ।

बन्द हुने सडकखण्डमा राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–कपुरकोट, भालुवाङदेखि चकचकेसम्मको सडकखण्ड -भालुवाङ–गनाहा खोला), शहीद मार्ग अन्तर्गत घोराही–होलेरी, घोराही–मुर्कुटी र तुलसीपुर–सुर्खेत सडकखण्ड अन्तर्गत तुलसीपुरदेखि कालिमाटीसम्म रहेका छन्। कार्यालयले सम्भावित वर्षाका कारण हुनसक्ने जोखिम न्यूनीकरणका लागि उक्त निर्णय गरिएको जारी सुचनामा भनिएको छ। प्रशासनले सम्बन्धित सबैलाई सूचना पालना गर्न आग्रह गरेको छ। आकस्मिक अवस्थाका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रसँग सम्पर्क गर्न सकिने जनाइएको छ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

सर्पदंश उपचारमा भरोसाको केन्द्र बन्दै भेरी अस्पताल

बाँके : कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति...

बाढीको जोखिम बढेपछि राप्ती सोनारीमा २ हजारलाई आश्रय दिने तयारी

बाँकेको राप्ती सोनारी गाउँपालिकाले भारी वर्षाका कारण हुनसक्ने बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित...

भारी वर्षाले कांग्रेस अधिवेशन प्रभावित

अविरल वर्षापछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतका अधिवेशनहरू प्रभावित भएका छन्। भारी वर्षाका कारण दाङ, स्याङ्जा, कास्की,...

ट्रम्प–सी भेटवार्ता : तामझाम धेरै, उपलब्धि थोरै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्ता उच्चस्तरीय आतिथ्य र औपचारिकताले भरिए...

सुनवलमा कांग्रेस नगर अधिवेशन रोकियो, मतदानको नयाँ मिति अझै अनिश्चित

बुटवल । नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशनअन्तर्गत नवलपरासीको सुनवल नगरपालिकाको अधिवेशन विवादका कारण स्थगित भएको छ।...

महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन : कसैलाई दोष दिन आएका होइनौँ

प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष...
लोकप्रिय