क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

काठमाडाैँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्राप्त गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूमाथि अनुसन्धान तथा वित्तीय कारोबारको विश्लेषण गर्ने क्रममा धरान उपमहानगरपालिका–१३ स्थायी ठेगाना भएकी ज्योति शाही हुण्डी कारोबारमा संलग्न रहेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शाहीले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा घरेलु तथा साना उद्योग कार्यालय, इटहरी, सुनसरीमा २०६८ भदाै १६ गते दर्ता भएको ‘शाही मनि ट्रान्सफर’ को नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता खोलेर सञ्चालन गर्दै आएको अनुसन्धानबाट देखिएको छ।

प्रहरीका अनुसार विदेशमा विभिन्न असम्बन्धित व्यक्तिहरूले आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपाल भित्र्याई स–साना रकममा विभाजन गरी कनेक्ट आइपीएस लगायतका विद्युतीय तथा डिजिटल माध्यममार्फत असम्बन्धित व्यक्तिहरूका बैंक खातामा रकम पठाउने गरी हुण्डी कारोबार गरेको देखिएको हो।

उक्त कारोबारका सम्बन्धमा थप अनुसन्धानका लागि असाेज ६ गते सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो। त्यसपछि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार धरान उपमहानगरपालिका–५, खैरेनीबाट ज्योति शाहीलाई पक्राउ गरेको हो।

पक्राउ परेकी शाहीविरुद्ध हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता अनुप शमशेर जबराले जानकारी दिएका छन्। प्रहरीले घटनामा संलग्न अन्य व्यक्ति तथा कारोबारको थप विवरणबारे अनुसन्धान भइरहेको जनाएको छ।

अनुसन्धानका क्रममा कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू प्रयोग गरी करिब रु. १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ बराबरको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...

१ अर्ब ३ करोडको हुण्डी कारोबारको आशंका, ५२ बैंक खाता प्रयोग गर्ने एक महिला पक्राउ

काठमाडाैँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ।...

भारी वर्षाको जोखिमपछि दाङका पाँच सडकखण्डमा राति सवारी बन्द

दाङ, ८ असोज । भारी देखि अति भारी वर्षाको सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय...

राष्ट्रपतिबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा...
लोकप्रिय