क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने र विभिन्न जिल्लाका स-साना नदीमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ।

शुक्रबार बिहान जारी गरिएको विशेष बाढी पूर्वानुमान बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कन्काई, कमला र यी नदीका सहायक नदीहरूमा जलसतह सतर्कता तह नजिक पुगेको छ। आज बिहानको मापन अनुसार पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव भने सतर्कता तहभन्दा तलै रहेको छ। आज र भोलि देशका धेरैजसो प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान छ। महाशाखाका अनुसार आज सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी लगायत कोशी बेसिनका नदीहरूमा जलसतह उल्लेख्य बढ्नेछ। यसैगरी नारायणी, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, महाकाली, बागमती र पूर्वी राप्तीमा पनि आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ। तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबईमा भने आज सामान्य बढ्ने र भोलि असोज १० गते उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।

स-साना नदीहरूमा आउन सक्ने आकस्मिक बाढीको जोखिमलाई हेर्दा आज देशका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरु बढी प्रभावित हुने देखिएको छ। महाशाखाले जारी गरेको बुलेटिनमा स्पष्ट पारिएको छ,‘गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ।’

यसबाहेक पूर्वको ताप्लेजुङदेखि पश्चिमको बैतडीसम्मका अन्य दर्जनौँ जिल्लाहरूमा बहने स-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

भोलि आकस्मिक बाढीको उच्च जोखिम अझै धेरै जिल्लाहरूमा फैलिनेछ। नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर आसपासका नदीमा बाढीको उच्च जोखिम रहने पूर्वानुमान छ।

पर्सि असोज ११ गते पनि सातै प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सावधानी अपनाउन आवश्यक देखिन्छ।

825267846_122234115428355476_3571106090668123900_n

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

नेपाल–कजाकिस्तान सम्बन्धमा नयाँ सम्झौता, सरकारी राहदानीमा भिसा छुट

काठमाडौँ — नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर...

नेपाल–चीन सीमा बैठक : विपद् सूचना आदानप्रदानदेखि मानसरोवर यात्रा सहज बनाउने विषयसम्म छलफल

बझाङ। चीनको तिब्बतस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल–चीन सीमावर्ती अधिकारीबीच बैठक सम्पन्न भएको छ। बैठकमा सीमा...

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार क्यूसेक नाघ्यो: ४३ ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको...

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण...

भारी वर्षापछि बैंककका सबै जिल्लामा विपद् घोषणा

बैंकक । थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा...

कालीगण्डकीमा बढ्दो बहाव, मोदीवेणीमा चेतावनी तह पार

बागलुङ । निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव...
लोकप्रिय