क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौं लगायत पूर्वी भूभागमा मौसम सुधार हुँदै गएको छ।बुधबारदेखि लगातार भएको वर्षा आजदेखि पूर्वी भूभागबाट सुधार हुँदै आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शनिबार बिहान घाम देखिएको छ।पूर्वी भूभागमा गएरातिदेखि नै मौसममा सुधार भएको महाशाखाका मौसमविद रोजन लामिछानेले जानकारी दिए।

‘पूर्वी भूभागमा सुधारको क्रम सुरु भइसकेको छ। त्यहाँ हिजो रातिदेखि नै वर्षा कम भएको छ। धेरैजसो स्थानमा अहिले बादल मात्र लागिरहेको र खासै पानी नपरेको उनले बताए,’ उनले भने।  यद्यपि काठमाडौंको मौसम पूर्ण रूपमा सफा भइहाल्ने भने होइन। केही समय पानी पर्ने, रोकिने र बीचमा घाम लाग्ने अवस्था हुन सक्ने उनी बताउँछन्।

काठमाडौंमा आज राति पानी पर्ने सम्भावना छ।काठमाडौंमा मौसम पूर्ण रूपमा खुल्नेभन्दा वर्षा आउने–जाने अवस्था रहनेछ। आज दिउँसो केही समय घाम लाग्ने र बादल फाट्ने सम्भावना रहे पनि साँझ वा रातितिर फेरि पानी पर्न सक्छ। तर भारी वर्षाको सम्भावना छैन,’ उनले भने।

पूर्वी भूभागमा मौसम क्रमिक सुधार भए पनि पश्चिमी भूभागमा आज पनि पानी पर्ने सम्भावना छ।महाशाखाले अद्यावधिक गरेको विवरणअनुसार पछिल्लो ६ घन्टामा डडेलधुरामा ५० मिलिमिटर वर्षा भएको छ। चौबीस घन्टामा सुदूरपश्चिम प्रदेशका भूभागमा भारीदेखि धेरै भारी वर्षा भएको छ।  पश्चिमी भूभागमा भोलि बिहानसम्म पानी पर्ने मौसमविद लामिछानेले बताएका छन्। दिउँसो वा साँझपछि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने उनले बताए।पश्चिमी भूभागमा आज राति र भोलि बिहानसम्म वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। पश्चिममा भोलि दिउँसो वा साँझपछि मौसम सुधार हुँदै जाने अनुमान छ।

‘पश्चिमतिर आज राति र भोलि बिहानसम्म पानी पर्ने सम्भावना छ। भोलि दिउँसो वा साँझपछि भने बिस्तारै सुधार हुन्छ र ठूलो पानी पर्न छाड्छ,’ लामिछानेले भने।महाशाखाले शनिबार बिहान अद्यावधिक गरेको बुलेटिन अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा तथा कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ|

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी तथा मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।पश्चिमी क्षेत्रमा भोलिसम्म वर्षाको सम्भावना रहेकाले त्यहाँ भने केही सावधानी अपनाउनुपर्ने मौसमविद लामिछानेले बताए। 

भारततर्फ भने केही दिनअघि बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली बलियो हुँदै डिप्रेसनसम्म बनेर स्थलतर्फ प्रवेश गरेको थियो।उक्त प्रणाली अहिले भारतको छत्तीसगढमाथि रहेको र उत्तर–उत्तरपश्चिमतर्फ सर्दै कमजोर हुने क्रममा छ।

भारतको मौसम विभागका अनुसार शुक्रबार साँझ उक्त प्रणाली छत्तीसगढको उत्तरतर्फ पुगेको थियो र शनिबारसम्म दक्षिणपूर्वी उत्तर प्रदेशतर्फ सर्दै क्रमशः न्यूनचापीय क्षेत्रमा कमजोर हुने अनुमान गरिएको छ।मौसम पूर्वानुमान महाशाखाले उक्त प्रणाली आगामी १२ घण्टामा क्रमशः कमजोर भई न्यून चापीय क्षेत्रमा परिणत हुने जनाएको छ। 

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

अधिवेशनअघि नै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरण घोषणा, विवाद चर्कियो

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्यूठानमा जिल्ला सभापति विष्णु गिरीले यसअघिका आफ्नै प्रतिस्पर्धी शिव...

बाँकेको किरण नालामा बाढीको जोखिम, बेलुकासम्म सतर्क रहन आग्रह

बाँके । बाँके जिल्लाको उदारापुरस्थित किरण नाला खोलामा जलसतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय...

नेपाल–कजाकिस्तान सम्बन्धमा नयाँ सम्झौता, सरकारी राहदानीमा भिसा छुट

काठमाडौँ — नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर...

नेपाल–चीन सीमा बैठक : विपद् सूचना आदानप्रदानदेखि मानसरोवर यात्रा सहज बनाउने विषयसम्म छलफल

बझाङ। चीनको तिब्बतस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल–चीन सीमावर्ती अधिकारीबीच बैठक सम्पन्न भएको छ। बैठकमा सीमा...

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार क्यूसेक नाघ्यो: ४३ ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको...

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण...
लोकप्रिय