ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमार थापा जापानकै स्थानी बसोबासी रहेका छन् । उनले जापानको एउटा अनलाइनलाई दिएको अन्तर्वार्तामा आफू जापानको स्थानी बसोबासी रहेको र त्यहाँ आफ्नै घर रहेको स्वीकार गरेका छन् । उनले २०१८ मै जापानको स्थायी बसोबास अनुमति (पीआर) प्राप्त गरेका छन् ।

थापाले अन्तर्वार्तामा भनेका छन्, ‘२०१८ मा स्थायी बसोबास अनुमति प्राप्त गरेपछि मैले जापानमा बस्ने निर्णय गरेँ । मेरो विवाह नेपाली महिलासँग भएको छ र हाम्रा दुई छोराछोरी जापानमा जन्मेका छन् । उनीहरूले यहीँ शिक्षा हासिल गरेका छन् । मेरी श्रीमतीले जापानी भाषा पढेकी थिइन् र एसिया, मध्य र दक्षिण अमेरिका, अफ्रिकाका अनुसन्धानकर्ताहरूसँग जापानी विद्यालयमा गरिबी न्यूनीकरण र शान्ति निर्माणको अध्ययन गरेकी थिइन् । हाल उनी जापानमा नेपाली भाषा विद्यालय चलाउँछिन् ।’

उनले आफ्ना छोराछोरीहरू जापानमै जन्मेका र हुर्केका कारण जापानमै बसुन् र उनीहरूलाई आफ्ना आमाबाबुको परिस्थितिका कारण बारम्बार आफ्नो बसोबासको ठाउँ परिवर्तन गर्नुको सट्टा आफ्नै समुदायको सदस्यको रूपमा हुर्काइयोस् भनेर आफूले कानागावा प्रिफेक्चरमा घर किनेको पनि प्रस्ट पारेका छन् । ‘म अर्को पुस्ताको जीवनको कदर गर्न चाहन्छु,’ अन्तर्वार्तामा उनले भनेका छन् ।

परराष्ट्र मन्त्रालयले २०८३ जेठ १४ गते राजदूतका लागि विज्ञापन प्रकाशन गरेको थियो । राजदूतका लागि आवश्यक योग्यतामा भनिएको छ, ‘कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति (पीआर) वा अध्यागमन सुविधा नलिएको हुनुपर्नेछ ।’तर जापानका लागि राजदूतमा सिफारिस भएका थापाले अन्तर्वार्तामा आफैँले जापानमा घर किनेको, छोराछोरी, श्रीमती सबै उतै बस्ने गरेको भनेका छन् ।

सो अन्तर्वार्ता अनुसार थापा ६ वर्षकै उमेरदेखि जापानीहरूको संगतमा लागेका हुन् । एसएलसी सकेर उनी जापानी भाषा सिक्नतिर लागेका थिए । जापानी भाषा सिकेर उनी नेपालमै धेरै समय जापानसँग सम्बन्धित विभिन्न संघ संस्थामा आवद्ध भएर काम गरे । सन् २००० मा एउटा छात्रवृत्रिमा पढ्नका लागि जापान गएपछि उनी त्यतै बसेको अन्तर्वार्तामा उल्लेख छ ।नेपाल–जापानबिच भएको उच्चस्तरीय थुप्रै भ्रमणको क्रममा उनले दोभाषेको काम गरेको भनिएको छ । उनी अहिले पनि त्यो काम गर्छन् ।

परराष्ट्र मन्त्रालयले गराएको जानकारी अनुसार नेपाल–जापान सम्बन्ध अभिवृद्धिमा दुई दशकभन्दा बढी समय समर्पित गरेका उनले योकोहामा नेशनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कानुनमा स्नातकोत्तर तथा शुमेई युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक गरेका छन् । उनले सन् २००९ देखि कानागावा इन्टरनेशनल फाउन्डेसनमा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामला विज्ञका रूपमा काम गर्दै आएका छन् ।

सन् २००५ देखि उनले उच्चस्तरीय नेपाल–जापान द्विपक्षीय कार्यक्रमहरूको संयोजकका रूपमा दुवै देशका राष्ट्रप्रमुख, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूको भ्रमण तथा आदानप्रदानमा सहजीकरण गर्दै आएका छन् ।

थापाले सन् २०२६ मा नेपाली राष्ट्रपतिको जापानको औपचारिक भ्रमणका क्रममा आयोजित नेपाल–जापान व्यापार संवादको आयोजना गरेका थिए । उनले अन्तर्राष्ट्रिय सहकार्य र आप्रवासन सुशासनका पहलहरूमा जाइका, युनिसेफ र जापानी स्थानीय सरकारहरूसँग नजिक रहेर काम गरेका छन् । उनी नेपालस्थित जापानी उद्योग वाणिज्य संघका सल्लाहकार, गैरआवासीय नेपाली संघ (जापान) का पूर्व महासचिव र जापानस्थित नेपाली विद्यार्थी संघका पूर्वअध्यक्ष हुन् ।

थापाले सुकुबा, ओयामा गाकुइन र निहोन युनिभर्सिटीलगायतका जापानी विश्वविद्यालयहरूमा सह–प्राध्यापकका रूपमा अध्यापन गराउँदै आएका छन् । जापानी भाषामा निपुण उनले नेपाल–जापान सम्बन्ध र तुलनात्मक सार्वजनिक प्रशासनका विषयमा व्यापक लेखन गरेका छन् ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय