काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो दूरीका बसहरू नयाँ बसपार्कमै थन्किएका छन्।
सडक ठप्प भएपछि गोंगबुस्थित नयाँ बसपार्कमा बिहीबारदेखि लामो दूरीका सवारीसाधनहरू रोकिएका हुन्। वर्षाका कारण पृथ्वी, बीपीलगायतका मुख्य राजमार्गका धेरै ठाउँमा पहिरो खसेर यातायात पूर्ण रूपमा ठप्प बनेको छ।सडक सञ्जाल बिच्छेद भएपछि गन्तव्यतर्फ प्रस्थान गर्न नपाएका बसहरू नयाँ बसपार्कको प्राङ्गणमा लामबद्ध गरेर राखिएका छन्। बाटो अवरुद्ध हुँदा चाडपर्वका बेला घर फर्कने यात्रुहरू समस्यामा परेका छन् भने सडक खुलाउनका लागि प्रयास जारी रहेको जनाइएको छ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।