क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
आइतबार, 27 सेप्टेम्बर 2026

काठमाडौँ — अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि स्पेसएक्सको ‘क्रु–१४ अभियान’मा सहभागी हुने चार सदस्यीय टोलीको घोषणा गरेको छ।

नासाका अनुसार अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री सहभागी हुने उक्त अभियान सन् २०२७ को वसन्तयामपछि मात्रै प्रक्षेपण हुनेछ । यो अभियान लामो अवधिको वैज्ञानिक अनुसन्धानमा केन्द्रित हुनेछ।

अमेरिकी अन्तरिक्ष यात्री कायला बारोनले यानको कमान्डर तथा क्रिस बर्चले चालकको जिम्मेवारी सम्हाल्नेछन्।जापानको अन्तरिक्ष अनुसन्धान संस्था जाक्साका अन्तरिक्ष यात्री माकोटो सुवा र रुसी अन्तरिक्ष संस्था रोस्कोस्मोसका अन्तरिक्ष यात्री अरुत्युन किभिर्यानले अभियानका अनुसन्धान विशेषज्ञका रूपमा जिम्मेवारी सम्हाल्ने नासाले जनाएको छ।

यो अभियान नासाको पृथ्वीको तल्लो कक्षसम्बन्धी कार्यक्रमअन्तर्गत स्पेसएक्ससँगको १४औँ व्यावसायिक अन्तरिक्ष यात्री आदानप्रदान अभियान हुनेछ।

अभियानका क्रममा टोलीले वैज्ञानिक अनुसन्धान तथा प्रविधि परीक्षण गर्नेछ। यी अनुसन्धानले भविष्यमा चन्द्रमा र मंगल ग्रहमा मानव अन्वेषणका लागि आवश्यक प्रविधि तथा ज्ञान विकास गर्न सहयोग पुर्‍याउनुका साथै पृथ्वीमा रहेका मानिसलाई लाभ पुग्ने अनुसन्धानमा समेत योगदान गर्ने नासाले जनाएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

मौसम नसुध्रिएसम्म धान नकाट्न किसानलाई मौसम विभागको आग्रह

किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न...

अक्टोबरमा हेर्न लायक १२ फिल्म : टम क्रुजको ‘डिगर’ देखि शेर्पा आरोहीको कथा ‘तेन्जिङ’ सम्म

अक्टोबरमा विभिन्न विधाका नयाँ फिल्म प्रदर्शन हुँदैछन् । टम क्रुजको व्यंग्यप्रधान ‘डिगर’, कोलिन हुभरको उपन्यासमा...

२२ वर्षीया रूबी झापा–२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर २ बाट २२ वर्षीया रूबी सिटौला युवा महिलातर्फ...

स्पेनसँग इंग्ल्यान्डको रोमाञ्चक हार, वेम्बलीमै ३–२ को नतिजा

इंग्ल्यान्ड र स्पेनबीच वेम्बलीमा भएको नेसन्स लिगको रोमाञ्चक खेलमा स्पेनले ३–२ को जित निकालेको छ।...

बाढी पहिरोले विद्युत् संरचनामा क्षति, पुनःस्थापनामा प्राधिकरणको टोली परिचालन

काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढी पहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण...

देशभर तीन मनसुनी वायुको असर, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
लोकप्रिय