चितवन । आइतबार बिहान करिब १०:३० बजे चितवन जिल्ला भरतपुर महानगरपालिका-१६ झनझने बाट १० जनाको सकुशल उद्धार गरिएको छ ।
गुम्बाचोकमा अविरल वर्षाका कारण नारायणी नदिको बहाव बढ्न गई उक्त स्थानमा रहेको ३ वटा घर डुबानमा परेर घरको छतमा बसिरहेका १० जनाको उद्धार गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. १७ गणबाट गएको सुरक्षाफौजले रबरबोटको सहायतामा उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।