नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर २ बाट २२ वर्षीया रूबी सिटौला युवा महिलातर्फ महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएकी छन्। निर्वाचन समितिको प्राथमिक सूचीअनुसार युवा महिलातर्फ सिटौलाको मात्रै उम्मेदवारी परेको थियो।
दन्तचिकित्सा अध्ययनरत सिटौला स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्य तथा सामाजिक विकासका विषयमा रुचि राख्दै सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकी छन्।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।