ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

दसैं, तिहार तथा छठ पर्वको शुभ अवसर पारेर नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङले ‘यो दसैं, आशाको सुरुवात’ नामक विशेष र आकर्षक योजना सार्वजनिक गरेको छ।

चाडपर्वको उल्लासलाई थप विशेष बनाउने उद्देश्यका साथ बजारमा ल्याइएको यस योजना अन्तर्गत ग्राहकहरुले होन्डाको नयाँ बाइक तथा स्कुटर खरिद गर्दा स्क्र्याच कुपनमार्फत १ लाख रूपैयाँसम्मको आकर्षक नगद जित्ने मौका प्राप्त गर्न सक्नेछन्।

यस योजनाको सबैभन्दा विशेष र महत्वपूर्ण पक्ष ‘सहयोगको संकल्प’ रहेको छ।

कम्पनीले ‘होन्डा छ साथ साथ’ अफर मार्फत हरेक हप्ता ७ वटै प्रदेशबाट १/१ जना गरी ७ जना भाग्यशाली विजेता छनोट गर्नेछ, जसमा उनीहरुले १ लाख रूपैयाँसम्म जित्ने अवसर पाउनेछन्।

यसअन्तर्गत विजेता ग्राहकले आफूले जितेको रकम प्राप्त गर्नेछन् भने, होन्डा नेपालले विजेताले जितेको सोही बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

यसरी यस अफरले ग्राहकहरूलाई पुरस्कार जित्ने अवसरका साथसाथै देशको विपत्तिमा परोपकारी कार्यमा प्रत्यक्ष रूपमा जोडिने महान् अवसर समेत प्रदान गरेको छ।

यसका साथै, ग्राहकहरुको थप सुविधा र सन्तुष्टिलाई ध्यानमा राख्दै कम्पनीले अतिरिक्त योजनाको पनि व्यवस्था गरेको छ, जसमा ग्राहकले आफ्नो आवश्यकता र इच्छा अनुसार तीनवटा विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन्।

यस अन्तर्गत ग्राहकले १० हजार रूपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन, वा ७ वर्षको लागि निःशुल्क सर्भिसिङ, वा ५ वर्षको लागि वार्षिक मर्मत सम्झौता मध्ये कुनै एक उत्कृष्ट सुविधा छनोट गरी प्राप्त गर्न सक्नेछन्।

नयाँ बाइक तथा स्कुटर खरिदलाई आर्थिक रुपले थप सहज र पहुँचयोग्य बनाउन यस अफरमा फाइनान्स पार्टनरको रूपमा रहेको स्याकार हायर पर्चेज प्रा. लि. मार्फत निकै सजिलो फाइनान्सिङको सुविधा पनि उपलब्ध गराइएको छ।

चाडपर्वको खुसीसँगै समाज र देशप्रतिको उत्तरदायित्वलाई पनि बहन गर्दै ल्याइएको यस ‘यो दसैं, आशाको सुरुवात’ योजनाले सम्पूर्ण ग्राहकहरूको जीवनमा सकारात्मक ऊर्जा थप्ने विश्वास कम्पनीले लिएको छ।

यस योजना अन्तर्गत होन्डा टु-ह्विलर खरिद गर्दा नियम तथा सर्तहरु लागू हुनेछन्। 

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय