ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) ले सामाजिक सञ्जालमा फैलिएको परीक्षा स्थगित भएको भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संस्थानका अनुसार विभिन्न सामाजिक सञ्जालमा नक्कली सूचना तयार गरी पूर्वनिर्धारित परीक्षा स्थगित भएको भन्दै गलत सूचना सम्प्रेषण भइरहेको छ।विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय कीर्तिपुरले शुक्रबार सूचना जारी गर्दै संस्थानबाट यसअघि प्रकाशित तालिकाअनुसार तय भएका कुनै पनि परीक्षा स्थगित नगरिएको स्पष्ट पारेको हो।

संस्थानले पूर्वसूचनाअनुसार नै सबै परीक्षा निर्धारित समयमा सञ्चालन हुने जनाएको छ। परीक्षासम्बन्धी भ्रममा नपर्न र आधिकारिक सूचनालाई मात्र आधार मान्न संस्थानले सम्बन्धित विद्यार्थी तथा सरोकारवालालाई आग्रह गरेको छ।

परीक्षासम्बन्धी आधिकारिक जानकारीका लागि संस्थानको वेबसाइट हेर्नसमेत अनुरोध गरिएको छ। संस्थानले सामाजिक सञ्जालमा प्रसारित अनधिकृत सूचनाको पछि नलाग्न र आधिकारिक माध्यमबाट प्राप्त सूचनालाई मात्र विश्वसनीय मान्न आग्रह गरेको हो।

संस्थानका सहायक डीन डा. कोमलराज रिजालद्वारा जारी सूचनामा २०८३ असोज १० गतेको मिति उल्लेख छ

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय