ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का प्रतिनिधिले माथिल्लो मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानको पूर्वाधारको निरीक्षण गरेका छन्।नेपालले बंगलादेशसँग मिलेर आइसिसी यू–१९ महिला विश्वकप २०२७ आयोजना गर्नुअघि आइसिसीको टोलीले दुवै मैदानको निरीक्षण गरेको हो।

यू–१९ महिला विश्वकप २०२७ को सुरुवातमा हुने भनिए पनि प्रतियोगिताको खेल तालिका भने सार्वजनिक भइसकेको छैन। प्रतियोगितामा नेपाल र बंगलादेशसहित १६ टोलीले सहभागिता जनाउनेछन्। १६ टोलीलाई चार समूहमा विभाजन गरिनेछ।

विश्वकपका खेल माथिल्लो मुलपानी र त्रिवि क्रिकेट मैदानमा सञ्चालन गर्ने तयारी गरिएको छ। तल्लो मुलपानी क्रिकेट मैदानलाई भने अभ्यास मैदानका रूपमा प्रयोग गर्ने तयारी छ। यद्यपि, विश्वकपका कति खेल नेपालमा सञ्चालन गर्ने भन्ने टुंगो लागिसकेको छैन।

आइसिसीको प्रतिनिधिमण्डलले मैदानको अवस्था र विभिन्न प्राविधिक पक्षको निरीक्षण गरेको हो। टोलीले सुरुमा माथिल्लो मुलपानी क्रिकेट मैदानको निरीक्षण गरेको थियो। त्यसपछि दिउँसो त्रिवि क्रिकेट मैदान पुगेको थियो।

विशेषगरी टोलीले प्रसारण सञ्चालन (ब्रोडकास्ट अपरेसन) तथा एन्टी करप्सन सम्बन्धी पूर्वाधारको निरीक्षण गरेको थियो। खेलको प्रत्यक्ष प्रसारणका लागि आवश्यक संरचना तथा खेलको निष्पक्षता सुनिश्चित गर्न अपनाइने एन्टी करप्सन प्रोटोकलका विषयमा पनि जाँच गरिएको थियो।

यस्तै, मैदानबाहिरका लजिस्टिक व्यवस्थापन, क्यामेरा तथा अन्य प्राविधिक उपकरण जडान र सञ्चालनका लागि आवश्यक संरचनाबारे पनि निरीक्षण गरिएको थियो। निरीक्षणपछि आइसिसीको टोलीले आवश्यक सुधार तथा व्यवस्थापनका विषयमा सुझाव र सिफारिस गर्नेछ।

मैदानको आउटफिल्ड र पिचको अवस्था आइसिसीले तोकेको मापदण्डअनुसार हुनुपर्नेछ। खेलको प्रसारणका लागि आवश्यक क्यामेरा प्लेटफर्म, फ्लडलाइट तथा अन्य प्राविधिक उपकरण जडान गर्ने स्थानको पनि सुनिश्चितता हुनुपर्नेछ।

त्यस्तै, दर्शकको सुरक्षा, मैदान प्रवेश तथा निकासको व्यवस्था र एन्टी करप्सनका लागि आवश्यक प्रोटोकल पूरा भएको हुनुपर्नेछ।

प्यारापिट तथा स्ट्यान्डको अवस्था, सिटको व्यवस्था र दर्शकका लागि आवश्यक आधारभूत सुविधाको समेत भौतिक निरीक्षण गरी आवश्यक सुधारका लागि सुझाव दिइनेछ।

 

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय