ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

बहुप्रतीक्षित बलिउड फिल्म ‘रामायण’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।शनिबार मुम्बईमा आयोजित कार्यक्रममा निर्माण पक्षले फिल्मका प्रमुख पात्रहरू समेटिएका नयाँ पोस्टर सार्वजनिक गरेको हो।

‘रामायण’का कलाकार तथा निर्माण टोलीसँग चर्चित युट्युबर मिस्टर बिस्ट पनि कार्यक्रममा सहभागी भएका थिए। नयाँ पोस्टरमा रणवीर कपूर, साई पल्लवी र रवि दुबे क्रमशः भगवान् राम, माता सीता र लक्ष्मणको भूमिकामा देखिएका छन्। तीनै जनालाई वनवासको समयको स्वरूपमा प्रस्तुत गरिएको छ। उनीहरूलाई परम्परागत पहिरनमा जंगलको पृष्ठभूमिमा देखाइएको छ।

त्यस्तै, अर्को पोस्टरमा अभिनेता यशलाई रावणको भूमिकामा प्रस्तुत गरिएको छ। नयाँ पोस्टर सार्वजनिक भएसँगै फिल्मका प्रमुख पात्रहरूको स्वरूपलाई लिएर सामाजिक सञ्जालमा चर्चा सुरू भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कार्यक्रममा रणवीर कपुर, साई पल्लवी, रवि दुबे, निर्देशक नितेश तिवारी र निर्माता नमित मल्होत्रालगायतको उपस्थिति थियो। कार्यक्रमका क्रममा रणवीरले मिस्टर बिस्टलाई ‘जय श्रीराम’ भन्न लगाएको विषय पनि चर्चामा आएको छ।

नितेश तिवारी निर्देशित ‘रामायण’ दुई भागमा प्रदर्शन हुने तयारीमा छ। पहिलो भाग सन् २०२६ को दीपावलीमा र दोस्रो भाग सन् २०२७ को दीपावलीमा प्रदर्शन गर्ने तयारी छ।

फिल्ममा रणवीर कपुर राम, साई पल्लवी सीता, रवि दुबे लक्ष्मण, यश रावण र सनी देओल हनुमानको भूमिकामा देखिँदैछन्।

Ramayana-yash-1790498259.jpg

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय