ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

बाँके । पर्यटन प्रवर्द्धनका लागि बाँकेको जमुनाहनाकाबाट भारतीय पर्यटकलाई निर्बाध भित्र्याउन पर्यटन व्यवसायीले आग्रह गरेका छन् ।

नेपालगन्ज पर्यटन परिषद्को आइतबार यहाँ आयोजित प्रथम अधिवेशन तथा साधरणसभामा सरोकार भएका व्यक्ति तथा सङ्घसंस्थाले जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र ब्रान्डिङ भए पर्यटन प्रवर्द्धनमा सफलता हासिल हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रत्न खत्रीले सरकार र निजी क्षेत्रको समन्वयमा पर्यटन प्रवर्द्धन एवं बजारीकरण आवश्यक भएको बताए ।उनले लुम्बिनी प्रदेश सरकारले पर्यटन प्रवर्द्धन र बजारीकरणलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जानकारी दिए । उनले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जदेखि गौतमबुद्ध जन्मस्थल लुम्बिनीसम्म प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य भएको उल्लेख गरे ।

उनले कतिपय नीतिगत अस्पष्टताले पर्यटन प्रवर्द्धनमा अवरोध सृजना गरेको उल्लेख गर्दै भारतीय पर्यटकलाई सम्मान र प्रतिष्ठाका साथ नेपाल भित्र्याउनुपर्नेमा जोड दिए ।पर्यटन डिभिजन कार्यालय, कोहलपुरका प्रमुख सुमन पौडेलले पर्यटन क्षेत्रमा प्रदेश सरकारले बहुवर्षीय योजना लागू गर्न लागेको उल्लेख गरे ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी अमर वलीले नेपालगन्ज पर्यटकीय सहरका रूपमा विकास हुन थालेको बताउनुभयो । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले बाँकेको गाभर र अगैयालाई पर्यटकीय हबका रूपमा विकास गर्न आग्रह गरे ।

होटल एसोसिएसन अफ नेपाल (हान) बाँके अध्यक्ष दिवाकर खनालले पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी ठुलो रहेको औँल्याए । जिल्लामा बाँके राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, गाभर भ्याली, अगैया क्षेत्र, बोटानिकल पार्क, महेन्द्र पार्कलगायतका क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा रहेका छन् ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय