ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

गएको चार दिनको अविरल वर्षाका कारण भएका बाढीपहिरो र सडक भासिने घटनासँगै देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालिकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी पूर्व, पाल्पा, ललितपुर, लमजुङ, तनहुँ र पर्वतलगायत जिल्लाका सडक प्रभावित भएका छन् ।

 रसुवाको पासाङ ल्हामु राजमार्ग बाढीले त्रिशूली नदी किनारको अधिकांश भाग कटान गरेपछि पूर्णरूपमा अवरुद्ध छ।यद्यपि, काठमाडौँबाट टोखा–छहरे–विदुर–नुवाकोट, दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पाच्र्याङ–भोर्ले–जिरो–किमि कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुञ्चे हुँदै स्याफ्रुबेँसी पुग्ने एक लेनको कच्ची वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको छ।उक्त व्यवस्था अर्को सूचना जारी नभएसम्म लागू रहनेछ।

पृथ्वीराजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ।कृष्णभीर क्षेत्रमा ठूलो ढुङ्गासहितको पहिरो झरेपछि सडक एकतर्फी सञ्चालनमा आएको तथा बेनिघाट रोराङ–१० स्थित पानीधारामा पनि पहिरोकै कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि अर्को सूचना नभएसम्म सबै सवारीसाधनको आवागमन बन्द गरिएको छ।अर्कोतर्फ बिपी राजमार्गअन्तर्गत काभ्रे पलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीबेँसीमा पहिरो गएपछि सडक अवरुद्ध छ।

प्रहरीका अनुसार, धुलिखेल नगरपालिका–८ पकुचामा पहिरो खसेपछि अरनिको राजमार्ग अवरुद्ध छ।गण्डकी प्रदेशमा मनाङको बेँसीसहर–खाङसार सडकखण्डमा राति ६ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मनाङकै चामे–बेँसीसहर सडकखण्डमा पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागलुङको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर, रोल्पाको घोराही–थवाङ–रुकुम सहिदमार्ग तथा कालिकोटको कर्णाली राजमार्ग पनि पहिरो र लेदोका कारण अवरुद्ध छन्।गुल्मीका रिडी–तम्घास मदनभण्डारी राजमार्ग, रुद्रबेनी–वामीटक्सार सडक र कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो तथा खोलाको बहाव बढेपछि सडक अवरुद्ध भएको छ।

 म्याग्दीको बेनी–जोमसोम, मुस्ताङको जोमसोम–कोरला, हुम्लाको कर्णाली करिडोर, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, पाल्पाको सिद्धार्थ राजमार्ग र ललितपुरको कान्तिलोक पथमा पनि पहिरो तथा लेदोका कारण यातायात सञ्चालन हुन सकेको छैन।

लमजुङको बेँसीसहर–मनाङ सडक तथा मध्यपहाडी लोकमार्ग, तनहुँको पृथ्वीराजमार्ग र पर्वतको मालढुङ्गा–बेनी सडकखण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध रहेको प्रहरीले जनाएको छ।देशका विभिन्न जोखिमयुक्त सडकमा रातिको आवागमन रोक्ने तथा कतिपय सडकमा पूर्ण रूपमा यातायात बन्द गर्ने निर्णय गरिएको छ।

प्रहरीले जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको सूचनाअनुसार मात्र यात्रा गर्न आग्रह गरेको छ।

 

सिफारिस

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय