काठमाडौँ — मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका चार जनाको शव फेला परेर पहिचान खुलेको छ। अझै १२ जना सम्पर्कविहीन रहेकाले खोजी तथा उद्धार कार्य जारी छ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अध्यक्ष तुलसिंह गुरुङका अनुसार सोमबार थप दुई जनाको शव फेला परेको हो। सोमबार भेटिएका वीरेन्द्र गुरुङ र घनश्याम राई तथा यसअघि फेला परेका छेबी भोटे र पासाङ भोटेको शव पहिचान भएको हो।
एनएनएमजीएको खोज तथा उद्धार टोलीले हिमपहिरो प्रभावित क्षेत्रमा सोमबार पनि खोजी जारी राखेको छ। मौसम र हिमालको अवस्था अनुकूल रहे थप ३–४ घण्टा खोजी गर्ने तयारी रहेको अध्यक्ष गुरुङले बताएका छन्।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।