ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

सरकारले मधेसको विकास र समृद्धिको अभियान सुरु गरेको भन्दै सरकारको प्रशंसा गरेका छन्। प्रतिनिधिसभाको बैठकमा कर्णले मधेसमा भइरहेका पूर्वाधार निर्माण र नीतिगत पहलहरूको चर्चा गरेका छन् ।

सांसद कर्णले वर्षौँदेखि अलपत्र अवस्थामा रहेको कमला–कञ्चनपुर सडक खण्ड निर्माणले अहिले गति लिएको र अब उक्त सडक निर्माणको अन्तिम चरणमा पुगेको बताए । उनले भने, ‘प्रधानमन्त्री बालेन साहको नेतृत्वमा मधेसमा समृद्धिको राजनीति सुरु भएको छ। शिक्षा, स्वास्थ्य र पूर्वाधारमा सरकारले आमूल परिवर्तनको सुरुवात गरेको छ।’

उनले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक आजै संसद्‌मा पेस हुन लागेकोमा खुसी व्यक्त गर्दै सरकारले मेडिकल र इन्जिनियरिङ कलेज सञ्चालनको तयारी गर्नु सराहनीय भएको बताए । साथै, जनकपुरमा राम जानकी रङ्गशाला निर्माणका लागि बजेट सुनिश्चित गरेकोमा उनले सरकारलाई धन्यवाद दिए।

विकासको उत्साहसँगै मधेसले अहिले प्राकृतिक विपद् र वन्यजन्तुको आक्रमणको सामना गरिरहेको पनि सांसद कर्णले सदनलाई जानकारी गराए। तीन दिनदेखिको अविरल वर्षाका कारण सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढीले ठुलो क्षति पुर्‍याएको उनले बताए।

‘५०० भन्दा बढी घर डुबानमा परेका छन्, नागरिकहरू निकै पीडामा छन्,’ सांसद कर्णले भने, ‘यता प्राकृतिक विपत्ति त छँदैछ, अर्कोतिर सप्तकोशी नगरपालिकाको कमलपुर र कञ्चनरूप नगरपालिकाको बस्तीपुरमा हात्तीको आतङ्कले किसानको बालीनाली नष्ट भएको छ।’

सांसद कर्णले पीडित किसान र बाढी प्रभावित नागरिकका लागि सरकारसँग माग गरे। उनले भने, ‘सरकारले तत्काल प्रभावित क्षेत्रमा राहतको व्यवस्था गरोस्। हात्ती आतङ्कबाट बाली गुमाएका किसानहरूलाई उचित क्षतिपूर्ति र बाढीबाट घरबारविहीन भएकाहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय